back

कविता : कस्तो सोच ठीक ?

वि.सं.२०८२ कात्तिक १५ शनिवार

780 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

खँगारो दिशामा हिँडेको छु आज ।
सयौँ डस्छु मान्छे बनेको छु बाज ।।
पुरा दिव्य नासाहरू चिन्न छोडेँ ।
कमाऊँ भनी द्रव्य उत्पात जोडेँ ।।०१।।

म लेखूँ यहाँ त्यो सबै लेखिँदैन ।
भनूँ दुष्ट चाला भनी रित्तिँदैन ।।
सबैले मलाई पुजून् मात्र लाग्छ।
हिया यी खियामा दुखून् मात्र जाग्छ।।०२।।

भलो व्यक्ति मानून् कमाऊँ म नित्य ।
उठे बोल्न कोही उही फस्छ नित्य ।।
हिजो कष्टको भेल बग्दा जजल्ले ।
गरे नित्य सेवा कहाँ भेट्छ त्यल्ले ?०३।।

कमेडी कलाझैँ सयौँ फ्याँक्छु जाल ।
सही कर्म गर्ने सधैं भोग्छ हाल ।।
बने व्यक्ति निर्धा नयाँ हर्ष जाग्छ ।
तिनै माथि टेक्दा खुसी जोड लाग्छ ।।०४।।

अनेकौँ गथासो जमेको छ आज ।
सबै भन्न थाले चल्यो दुष्ट राज ।।
कला ठग्न खोज्ने कलाको छ घाती ।
बने घात गर्ने हुने हो नजाती ।।०५।।

बनूँ नित्य आफू इमानी र जाती ।
सधैँ डर्दछन् दुष्ट दुर्छे र घाती ।।
निराशा म त्यागूँ गरूँ कर्म राम्रा ।
कहाँ बस्न सक्छन् सबैका नराम्रा ?०६।।

छन्द : भुजङ्गप्रयात
गण :य – य – य – य
गण सङ्केत : ISS – ISS – ISS – ISS

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३५ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...