भारतको बिहार राज्य अहिले पुनः एउटा निर्णायक राजनीतिक मोडमा प्रवेश गर्दैछ। नोभेम्बर ६ र ९ गरी दुई चरणमा बिहार विधानसभाको निर्वाचन सम्पन्न हुँदैछ। त्यसैले बिहार केन्द्रित सबै राजनीतिक दल आम जनसमुदायमा निर्वाचनको ताप र राप भर्खरै आएको म चक्रपात जस्तै बाफिलो हुँदै गइरहेको छ विधानसभालाई पूर्णता दिन सबै तिहार केन्द्रित राजनीतिक दल र आम जनसमुदायको ध्यान पूर्ण रुपमा केन्द्रित भइरहेको छ। नितिश कुमारको दीर्घकालीन सुशासनको कथा र तेजस्वी यादवको रोजगारी मुखी वैकल्पिक एजेन्डा आमनेसामने उभिएका छन्। केन्द्रमा नरेन्द्र मोदी र शाह नेतृत्वको नेशनल डेमोक्रटिक लाइन्स(एनडीए) जसको चुनावी नेतृत्व नितिश कुमारले गरिरहेका छन् भने अर्कोतर्फ महागठबन्धन केन्द्रीय रुपमा भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी तथा अन्य बाम दलहरू सहित तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल अर्को पक्षको रुपमा प्रत्यक्ष रुपमा चुनावी महाभिडन्तमा क्रियाशील छन्। बिहारको राजनीतिमा भर्खरै उदाएका प्रशान्त किशोरको नेतृत्वमा जनस्वराज पाटी पनि चुनावी मोर्चामा थर्ड फ्रन्टको रुपमा यस चुनावी संग्राममा प्रतिस्पर्धी छन्। यो केवल भारतको एउटा प्रदेशको निर्वाचन मात्र होइन, अन्य प्रदेशहरूमा विकास हुँदै गइरहेको धर्म र विशेष समुदाय केन्द्रित राजनीति बनाम भ्रष्टाचार, रोजगारी,सुशासन र आर्थिक समानताका मुद्दाहरु बीच टक्राउने निर्वाचन पनि हो। अर्कोतर्फ यो निर्वाचन नेपालको लागि पनि अति सान्दर्भिक राजनीतिक घटनाक्रम हुनसक्छ किनकि बिहार र नेपालको तराई क्षेत्र केवल भौगोलिक रूपमा मात्र होइन, भाषा, संस्कृति, समाज र आर्थिक सम्बन्धका हिसाबले पनि गहिरो रूपमा जोडिएका छन् । त्यसैले बिहारमा हुने प्रत्येक राजनीतिक हावा नेपालका सीमावर्ती क्षेत्रहरूमा पनि गहिरो प्रभाव सहित प्रवेश गर्ने गर्छ।
एनडीए गठबन्धन र नितिश कुमारको सुशासन
राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन विशेषगरी मोदी शाह नेतृत्वमा रहेको भारतीय जनता पार्टी को मुख्य अगुवाइमा विहार केन्द्रित दल जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी रामविलास र हिन्दुस्थान अभाव मोर्चा हम पार्टी बीचको निर्वाचन पूर्वको गठबन्धन Pre-pllo llaiance हो यो गठबन्धन बिहारको आगामी विधानसभा निर्वाचनको मुख्य राजनैतिक गठबन्धन हो। जसको चुनावी नेतृत्व जनता दल युनाइटेडका नेता नितिश कुमारले गरेका छन्।
सन् २००५ पछि नितिश कुमारले बिहारमा “सुशासन” को नारासहित नयाँ युगको सुरुआत गरे। जङ्गल राजको रूपमा बिहारी राजनीतिमा नाम कमाएका लालुप्रसाद यादव नेतृत्वको सरकारमा भएका अराजकता, हिंसा, लुटपात , विकासहीनता र भ्रष्टाचार तथा ठेक्का पट्टा केन्द्रित राजनीतिको विरुद्धमा नितिश कुमारले सुरु गरेका प्रशासनिक सुधार, कानुनी व्यवस्था, सडक तथा बिजुली विस्तार, महिलाहरुलाई ५० प्रतिशत आरक्षण विद्यालय भर्ना अभियान जस्ता सकारात्मक कदमहरूको कारण प्रारम्भिक चरणमा नितिश असाध्यै लोकप्रिय बने त्यसैले उनलाई उनका समर्थकहरुले ‘सुशासन बाबु’ को रुपमा पनि चिन्ने गर्छन् तर दुई दशक लामो निरन्तरको शासन पश्चात आज २०२५ को विधानसभा निर्वाचन भइरहँदा धेरै प्रश्नहरु तेर्सिने गरेका छन्। के सुशासनले दिगो आर्थिक रूपान्तरण ल्यायो रु के यसले रोजगारी सिर्जना गर्योक, गरिबी घटायो, सामाजिक समानता बढायोरु यी प्रश्नको उत्तर खोज्दा तथ्यांकहरू सुशासन बाबु नितिश कुमारको शासन नितान्त निराशाजनक देखिन्छ। २० वर्षको लगातार सरकारका बावजुद बिहारको प्रतिव्यक्ति आए भारतको सबैभन्दा कमजोर राज्यको रुपमा छ भारतको सबभन्दा बेरोजगारीको समस्या रहेको राज्य बिहार हो त्यसमा पनि विशेष गरेर युवा बेरोजगार ६०५ भन्दा बढी छ अधिकांश युवाहरू कामको खोजीमा अन्य प्रदेशहरु र नेपाल तर्फ पलायन छन्न् अर्थात् प्रवासन तीव्र छ। शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा अभाव, र ठेक्का–केन्द्रित नीतिगत भ्रष्टाचार मौलाएको अवस्था छ नितिश कुमारको “सुशासन” प्रशासनिक स्थायित्वमा सीमित रह्यो, तर त्यसले संरचनात्मक सुधार र उत्पादनमुखी अर्थतन्त्रको ढोका खोल्न सकेन। अब यही स्थायित्व नै धेरै युवाका दृष्टिमा “स्थिर ठहरिएको जडता” बन्दै गएको छ।
नितिश कुमारको लोकप्रियतामा देखिएको निरन्तर गिरावटको बावजुद एनडीए गठबन्धनले आफ्नो घोषणापत्र जारी गर्दै आगामी निर्वाचनलाई विरोधी गठबन्धन सँग प्रतिस्पर्धी बनाउँदै अगाडि लगेको छ आफ्नो चुनावी संकल्प पत्र म्यानुफ्यास्तो २०२५ सार्वजनिक गर्दै १ करोडभन्दा बढी युवा युवतीहरूलाई रोजगारी दिने महिलाहरूको लागि लखपति योजना तथा उद्यमी महिलाहरुलाई आर्थिक सहायताको विशेष योजना अति पिछडा वर्गको लागि रु १० लाख सहायता साथै पूर्वाधार औद्योगीकरण समग्र विकास परक योजना एक्सप्रेसवे मेट्रो अन्तर्राष्ट्रिय विमानस्थल विस्तार जस्ता मुख्य मुद्दाहरुलाई २०२५ को विधानसभा निर्वाचनको मुख्य चुनावी मुद्दाको रुपमा अगाडि बढाएको छ।
महागठबन्धन र तेजस्वी युवा चेहरा
आसन्न बिहारको विधानसभा निर्वाचनमा महागठबन्धन राष्ट्रिय जनता दल आरजेडी नेता तेजस्वी यादवको नेतृत्वमा निर्वाचन केन्द्रित छ राष्ट्रिय जनता दल, भारतीय राष्ट्रिय कांग्रेस, बाम पार्टीहरू (भाकपा, भाकपा माले र भाजपा मार्क्सवादी) तथा मुकेश सहनी नेतृत्वको विकासशील इन्सान पार्टी यस गठबन्धनका मुख्य सहयोगी दलहरू हुन्। विशेष गरेर यादव, मुस्लिम दलित तथा अल्पसंख्यक समुदायको मजबुत पकड यस गठबन्धनमा छ। त्यसपश्चात पूर्वाञ्चल केन्द्रित बाम शक्तिहरूको जनमत पनि यो गठबन्धनको मुख्य आधार हो। यस गठबन्धनले आफ्नो निर्वाचन अभियान रोजगारी, समानता र न्यायको नारासँग जोडेको छ। तेजस्वीले “१० लाख रोजगारी” को वाचा गर्दै युवाको आकांक्षालाई सिधा सम्बोधन गर्ने प्रयास गरेका छन्। त्यसका साथै दलित, पिछडावर्ग, मुस्लिम समुदाय र श्रमिक वर्गलाई सम्मान र अवसरको भरोसा दिलाएका छन्।महागठबन्धनको यस चुनावी अभियानले केवल चुनावी घोषणापत्र मात्र होइन विगत लामो समयदेखि सत्तामा रहेका एनडीए गठबन्धन र नितिश सरकार प्रतिको तीव्र उपेक्षालाई पनि सँगसँगै लिएर गएको छ। बेरोजगारी, प्रवासन, भ्रष्टाचार र सामाजिक असमानताले थाकेका युवाहरूले अब “सुशासन” भन्दा बढी “समान अवसर” खोजिरहेका संकेत चुनावी अभियानमा देखिएको युवाहरूको सक्रियताले दर्शाउँदछ।
बिहारको एजेन्डा र सीमापार प्रभाव
नेपालसँगको सीमा साँघुरो मात्र होइन, मिथिला र कोशी क्षेत्रका मानिसहरू सांस्कृतिक, पारिवारिक र भाषिक रूपमा पनि बिहारसँग अभिन्न छन्। त्यसैले बिहारको निर्वाचन–राजनीतिक एजेन्डा नेपालमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पार्ने गर्छ।
यदि बिहारको निर्वाचनमा रोजगार र सामाजिक न्यायमुखी एजेन्डास्थापित भएको खण्डमा नेपाल र विशेष गरेर मधेस केन्द्रित राजनीतिक दलहरूमा पनि नयाँ दबाब बढ्नेछ यसले जातीय वा पहिचान केन्द्रित राजनीतिभन्दा रोजगारी, उत्पादन र जनताको जनजीविका साथै सामाजिक न्याय सम्बन्धी राजनीतिक दृष्टिकोण अपनाउनुपर्ने दबाब पर्नेछ। नेपालमा मधेशी जनमत अहिले थकित र विभाजित अवस्थामा छ।फरक फरक समयमा फरकफरक राजनीति मुद्दासहित आन्दोलित नेपालका मधेसी जनसमुदाय ३५ वर्षीय तेजस्वी यादवको युवा नेतृत्व स्थापित भएमा त्यसले नेपाली युवा समुदायमा राजनीतिकप्रति नयाँ र सकारात्मक चेतना विकास गर्न प्रेरणा दिन सक्छ राजनीतिमा नयाँ पुस्ताको उदय र व्यवहारिक नीतिमुखी प्रतिस्पर्धाको सम्भावना देखाउन सक्छ।
बिहारमा उठाइएका एजेन्डा रोजगारी, समानता, भ्रष्टाचारविरुद्धको संघर्ष नेपालका युवाहरूका भावनासँग पनि गहिरो सम्बन्ध राख्छन्। वर्तमानको Gen-Z आन्दोलन र त्यसले निर्दिष्ट गरेको लक्ष्य पनि त्यतैतर्फ केन्द्रित छ। तराई क्षेत्रका युवाहरूले बिहारको उदाहरणमार्फत आफूले खोजेको “परिवर्तनको राजनीति” को रूपमा कल्पना गर्न सक्छन्। बिहार र नेपालबीचको श्रम बजार आपसी रूपमा निर्भर छ।
बिहारका हजारौँ श्रमिकहरू नेपालमा काम गर्छन्। यदि बिहारले रोजगार सिर्जना गर्न सफल भयो भने, नेपालको सस्तो श्रममा केही कमी आउन सक्छ, तर स्थानीय उत्पादनशीलता र औपचारिक व्यापारमा स्थायित्व आउने सम्भावना पनि बढ्नेछ। बिहारको राजनीतिक प्रतिस्पर्धा कहिलेकाहीँ धर्म र जातीय ध्रुवीकरणमा केन्द्रित हुने गर्छ। यदि यो प्रवृत्ति बलियो भयो भने, नेपालका सीमावर्ती सहरहरूमा पनि त्यसको छायाँ फैलिन सक्छ। तर यदि बिहारले सामाजिक न्याय र समावेशी समानताको बाटो रोज्यो भने, त्यो नेपालको सामाजिक समावेशितामा सकारात्मक प्रभाव पार्नेछ।
(रिजाल नेपाल बुद्धिजीवी संगठन, बागमती प्रदेश अध्यक्ष हुन् ।)
वि.सं.२०८२ कात्तिक १८ मंगलवार ११:०३ मा प्रकाशित




























