काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् ।
महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरेका हुन् ।
‘जनार्दनजी बाहिर नजानोस् । भोलिसम्म फर्किनोस् । तपाईँलाई गुमाउन चाहँदिन । तपाईँ भ्रमित नहुनोस् । तपाईँ यो बैठकमा आफै नआएको हो, हामीले लखेटेको होइन’, उनको भनाई उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए ।
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:४८ मा प्रकाशित




























