back

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

300 

shares

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।

घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १०:२२ मा प्रकाशित

Himalayan Life AD
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

दशरथचन्द(बैतडी) । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा...

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...