back
CTIZAN AD

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

वि.सं.२०८२ मंसिर २ मंगलवार

777 

shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वेबसाइट तथा सूचना प्रणालीमा कुनै पनि प्रकारको अनधिकृत पहुँच नभएको र सुरक्षामा समस्या नरहेको जनाएको हो।

हालै सामाजिक सञ्जालमा आयोगको वेबसाइट ह्याक गरी मतदाता नामावलीसम्बन्धी सूचना प्राप्त गरिएको दाबीहरू सार्वजनिक भएपछि आयोगले त्यसको खण्डन गरेको हो। आयोगका अनुसार मतदाता नामावलीसम्बन्धी गोप्य सूचना कुनै पनि अनधिकृत व्यक्तिसम्म पुगेको छैन र नागरिकका कानुनअनुसार गोप्य राख्नुपर्ने सूचनाको सुरक्षा सुनिश्चित गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दाबीहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ।’

यसबाहेक सामाजिक सञ्जालमा देखाइएका पीडीएफ फाइलसम्बन्धी आयोगले ती सामग्री विगतमा निर्वाचन प्रयोजनका लागि विभिन्न निर्वाचन कार्यालयहरू तथा राजनीतिक दलहरूलाई उपलब्ध गराइएका नियमित सामग्री भएको स्पष्ट गरेको छ।

वि.सं.२०८२ मंसिर २ मंगलवार २१:०४ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...