back
CTIZAN AD

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

वि.सं.२०८२ मंसिर २ मंगलवार

2.8K 

shares

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द गरिएको युएई भिषा सहजीकरण गराउनका लागि पहल गरेको छ ।

नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीको टिमले मंगलबार युएईको विदेश मन्त्रालयको कन्सुलर मामिला हेर्ने कार्यबाहक सहायक उपसचिव रासिद मदारलाई भेटेको हो ।

उक्त भेटघाटका क्रममा पछिल्लो समयमा नेपाली कामदार तथा भ्रमणका लागि आउने नेपालीहरुको भिषाका विषयमा देखिएको समस्याका बारेमा जानकारी गराउँदै सहजीकरणका लागि पहल गरेको दूतावासले जनाएको छ ।

सो अवसरमा विदेश मन्त्रालयले यस विषयमा युएई सरकारको कुनैपनि आधिकारीक निर्णय नभएकोले नेपालको आन्तरिक समस्या समाधान भएपछि त्यो आफै सहज हुने बताएको जनाइएको छ ।

उक्त अवसरमा युएईका परराष्ट्र मन्त्रालयका डा माजिद अलमन्सुरी तथा दूतावास काउन्सीलर एवं उपनियोग प्रमुख रंजिता दाहालको समेत उपस्थिति रहेको बताइएको छ ।

स्मरणरहोस् गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण विभिन्न देशले आफ्नो आन्तरिक सुरक्षाका कारण नेपालीका लागि आफ्नो देश आगमनको भिषामा रोक लगाएको थियो । यद्यपी युएई सरकारले हाल इमिग्रेशन भिषा र भिजिट भिषा खुलाइ सकेको छ ।

 

वि.सं.२०८२ मंसिर २ मंगलवार १८:१९ मा प्रकाशित

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

धापखर्कका १३ घरमा पानीको अभाव

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर । भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले...

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...