Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेसले कञ्चनपुरमा उम्मेदवारको टुङ्गो लगायो



२९ जेठ,भीमदत्तनगर  । नेपाली कांग्रेस कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको आज टुङ्गो लगाएको छ ।

कांग्रेस जिल्ला कार्यसम्पादन समितिले कञ्चनपुरका नौ वटै स्थानीय तहको उम्मेदवारको टुङ्गो लगाएको हो । जसअनुसार भीमदत्त नगरपालिकाका प्रमुख पदमा पदम बोगटी र उपप्रमुखमा सुशीला चन्द, बेदकोट नगरपालिकाको प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसी भट्ट जोशी, महाकाली नगरपालिकाको प्रमुखमा वीरबहादुर सुनार र उपप्रमुखमा गङ्गादेवी जोशी, शुक्लाफाँटा नगरपालिकाका प्रमुखमा दिलबहादुर ऐेर, उपप्रमुखमा धर्मा ऐेर विष्ट तथा कृष्णपुर नगरपालिकाको प्रमुखमा हेमराज ओझा र उपप्रमुखमा भुवनेश्वरी विष्ट जोशी छन् ।

यसैगरी पुनर्वास नगरपालिकाको प्रमुखमा तोयाप्रसाद शर्मा र उपप्रमुखमा भुलिया राना, बेलौरी नगरपालिकाको प्रमुखमा हरेन्द्र सिंह विष्ट र उपप्रमुखमा खिना भण्डारी, बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर सिंह, लालझाँडी गाउँपालिकाको अध्यक्षमा धर्मसिंह बडायक र उपाध्यक्षमा राधा रानालाई पार्टीले उम्मेदवार बनाएको काँग्रेसले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा