Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

करेन्ट लागेर मजदुरको मृत्यु



३० जेठ, कलैया । कुखुराको दाना बनाउने उद्योगमा काम गर्ने भारतीय मजदुरको आइतबार करेन्ट लागी घटनास्थलमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

बारा जिल्ला सिमरा–जितपर उपमहानगरपालिका–८ स्थित कुखुरा दाना उद्योगमा मजदुरलाई खाना बनाउने ३५ वर्षीय दशरथप्रसाद यादवको खाना बनाउन पानी लिन जाँदा विद्युतीय तारमा अल्झी करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट ट्र्याक्टर चालकको मृत्यु

यसैबीच, पूर्व–पश्चिम महेन्द्र राजमार्गको १२ किमी भन्ने ठाउँमा आइतबार ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ५८८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ज १ त ५२३९ नम्बरको ट्र्याक्टरलाई १२ किमी भन्ने ठाउँमा ठक्कर दिँदा ट्याक्टर चालक सर्लाही–बस्ने ३५ वर्षीय भोजेन्द्र साहको घटनास्थलमा नै मृत्यु भएको छ ।

सो घटनाका ट्र्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय राजकिशोर साह गम्भीर घाइते भई उपचारका लागि वीरगन्ज अस्पताल लगिएको छ ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी