back

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

वि.सं.२०७४ जेठ ३० मंगलवार

831 

shares

३० जेठ, लमजुङ,बेँसीसहर। लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैँची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलैँची भट्टी वितरण गरिएको छ ।

नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम (नितिस)को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो ।

वि.सं.२०७४ जेठ ३० मंगलवार ०२:४७ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...