back

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

वि.सं.२०८२ मंसिर २१ आइतवार

363 

shares

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गरेका छन्

तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि परेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगाली उपनिवेश गोवा आफ्नो जीवन्त रात्रि जीवन, सुनौला बालुवामय समुद्र किनार तथा शान्त तटीय वातावरणका कारण वार्षिक रूपमा लाखौँ पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छ , “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग कुरा गर्दै मृतकमध्ये ‘तीनदेखि चार’ जना पर्यटक रहेको बताउनुभयो, यद्यपि राष्ट्रियता खुलाइएको छैन ।

सावन्तले यस दुःखद घटनाका कारण पहिचान गर्न तथा जिम्मेवारी निर्धारण गर्न मजिस्ट्रेट स्तरीय छानबिनको आदेश दिइसकिएको जानकारी पनि दिए ।

प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) का दृश्यहरूमा उद्धारकर्मीहरूले घाइते तथा मृतकहरूलाई बिर्च नाइटक्लबको साँघुरो ढुङ्गे सिँढीमार्फत स्ट्रेचरमा बोक्दै गरेको देखिन्छ ।

गोवाका फायर चिफ नितिन वी. राइकरले भारतीय प्रसारणकर्ता सिएनएन न्युज १८ सँग कुरा गर्दै अधिकांश व्यक्तिको मृत्यु बेसमेन्ट र भान्सा क्षेत्रतिर फैलिएको धुवाँका कारण श्वासप्रश्वास अवरुद्ध भएर भएको बताए । उनका अनुसार क्लबमा पार्टी चलिरहेको र ‘फायर शो’ आयोजना गरिएको समयमा काठका संरचनामा आगो लागेर धुवाँले सम्पूर्ण भवन ढाकिएको थियो ।

भारतमा कमजोर निर्माण अभ्यास, भीडभाड र सुरक्षा मापदण्ड पालना नहुनुका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेको ज्ञात विषय हो । यसअघि मे महिनामा हैदराबादस्थित तीनतले भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो। त्यसको एक महिनाअघि कोलकाताको होटलमा लागेको भीषण आगलागीमा कम्तीमा १५ जनाले ज्यान गुमाएका थिए, जसमा केही मानिस भाग्न झ्याल हुँदै बाहिर निस्कन वा छतमा चढ्न बाध्य भएका थिए ।

गत वर्ष पश्चिमी राज्य गुजरातको अत्यधिक भीड भएको एक मनोरञ्जन पार्क–आर्केडमा आगलागी हुँदा पनि कम्तीमा २४ जनाले ज्यान गुमाएका थिए । फाईल फोटो/(रासस/एएफपी)

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:३० मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन...