back

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

वि.सं.२०८२ मंसिर २१ आइतवार

174 

shares

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान “लामिनार–मेरो सपनाको घर” सार्वजनिक गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल–२०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छन्।

अभियान अन्तर्गत चयनित दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा र बाथरूम पूर्ण रूपमा नि:शुल्क रूपान्तरण गराउने अवसर पाउनेछन्। यो मेक-ओभर परियोजना Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting र Emporios Furnishings जस्ता प्रतिष्ठित डिजाइन र लाइफस्टाइल ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ।

अभियानमा कसरी सहभागी हुने?
भाग लिन इच्छुक व्यक्तिहरूले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनेछन्, जसमा उनीहरूको कोठा र आवश्यक भए बाथरूम मेक-ओभरको योग्य किन छ भनेर देखाइनेछ। भिडियो TikTok, Instagram वा Facebook मा सार्वजनिक पोस्ट गरी @laminartiles लाई ट्याग गर्नु पर्नेछ र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

छनोट प्रक्रिया
भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी र परियोजनाका इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितिले गर्नेछ। विजेताहरूको चयन कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र सहभागिताका आधारमा हुनेछ।

घर मेक-ओभर प्याकेजमा समावेश हुने सुविधा
प्रत्येक विजेताले आफ्नो घरको रूपान्तरणमा प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन सेवा, र टर्नकी कार्यान्वयन प्राप्त गर्नेछन्। साथै, मेक-ओभरको सम्पूर्ण प्रक्रिया Before–During–After फोटो तथा भिडियो डकुमेन्टेशनमार्फत दस्तावेजीकृत गरिनेछ, जसले घरको परिवर्तन स्पष्ट रूपमा देखाउनेछ।

भिडियो अपलोड गर्ने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा मिति २०२६ जनवरी ७ तोकिएको छ।

लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइन मार्फत नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदायी स्थानमा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको बताएका छन्।

 

वि.सं.२०८२ मंसिर २१ आइतवार १४:०९ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...