
३० जेठ, काठमाडौँ । इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक जना नेपाली युवकले आत्म हत्या गरेका छन् । सुसाइड नोट लेखेर दोलखाका एक युवकले बाथरुममा पासो लगाएर आत्म हत्या गरेका हुन् । लामो समय देखि डिप्रेसनको शिकार भएका ती युवकले लामो समय देखि डिप्रेसनको औषधी सेवन गरेका थिए । उनलाई नेपाल फर्काउने तयारी समेत भइसकेको थियो । यसै गरि दक्षिण कोरियामा यसै हप्ता भित्रमा दुई जनाले आत्म हत्या गरेका छन् । अघिल्लो हप्ता नै गोर्खाका सविन अधिकारीले आत्म हत्या गरेका थिए ।
वि.सं.२०७४ जेठ ३० मंगलवार ०५:३१ मा प्रकाशित