back

परोपकारी वर्थडे सेलिब्रेसन

वि.सं.२०७४ जेठ ३१ बुधवार

843 

shares
IME Limited
NTC AD

santoshp.jpg1

३१ जेठ, पोखरा ।  सबैजना लाइ आफ्नो जन्मदिन विशेष लाग्छ । यो हामी सबैको प्राकृतिक स्वभाव नै हो । आफ्नो जन्मदिनमा भोजभतेर गर्ने, पिकनिक जाने, साथीहरु सँग बसेर धेरै खर्च गर्ने जस्ता काम हरु आजकल सामान्य जस्तै बनिसकेको छ । अझ युवापुस्ता माझ त यो एउटा संस्कृति नै बनिसकेको छ । तर पर्बत घर भएका हाल पोखरा नदीपुर निवासी एक युवा ले भने यो भन्दा भिन्न परिपाटीको थालनी गरेका छन । ति युवाको नाम हो सन्तोष गौतम । पि. एन. क्याम्पस मा स्नातक तह मा अध्ययन गरिरहेका गौतम ले आज आफ्नो २१ औं जन्मदिन पोखरा १७ सितापाइला मा रहेको वृद्धाश्रम मा त्यहाँका वृद्धा आमाबुबाहरुसँग मनाएका छन ।

santoshp

६० जनाभन्दा बढी वृद्ध आमाबुबालाई उनले फलफुल वितरण गरेर र उहाँहरु को आर्शिवाद लिएर परोपकारी जन्मदिन मनाएका छन् । स्याउ, खर्बुजा, केरा, मेवा लगायत फलफुल सबै आमाबुबा लाइ खुवाएर उनले आफ्नो जन्मदिन धन्य पारेका छन् । यसरी एक युवा ले आफुभन्दा धेरै वर्ष अग्रज बुबाआमासँग जन्मदिन मनाएको मा वृद्धाश्रमका सबैजना ले खुसी प्रकट गर्नुभयो र उनलाई स्वास्थ्य एवं दिर्घायु को कामना पनि गर्नुभयो । यसरी किन जन्मदिन मनाउनुभयो त भनि सोध्दा उनले आफ्नो जन्मदिन मा आफ्नो ओठमा मात्र हाँसो नल्याई अरुको लागि पनि केही गर्ने सोच लिएकाले यो काम गर्ने हौसला मिलेको बताउनुभयो । अहिलेको युवापुस्ताले आफ्नो जन्मदिन तडकभडक र खर्चिलो पारा मा मनाउने गरेकोमा गुनासो पनि प्रकट गरे । उनले थपे, हामी जहिल्यै पनि सरकारले यो गरेन, सम्बन्धित निकायले यो गरेन भनेर भन्छौ तर आफ्नो तर्फबाट नागरिक ले गर्नुपर्ने कार्य एउटा पनि गर्देनौ, यसकै कारण ले गर्दा जनताले दु ः ख पाइरहेका छन्, हामी युवावर्ग भनेका शिक्षित र जागरुक वर्ग हौ, परिवर्तन चाहनेले यस्तै परोपकारी कार्य गरेर परिवर्तनको सन्देश प्रवाह गर्नुपर्छ ।

santosh2

उनीसँगै उनका मित्रहरु मौसम छिनाल, दिवस गुरुङ्ग, विवेक अधिकारी पनि वृद्धाश्रम गएका थिए र उनलाई सहयोग गरेका थिए । उनले आफनो यो जन्मदिन आफ्नो जीवनमा अहिलेसम्मकै खुसीको क्षण भएको पनि बताए । छोराछोरीबाट अपहेलित भएर आश्रममा बस्न आउनुभएका ति दु ः खी टुहुरा आमाबुबाको मुखमा हाँसो देख्दा साह्रै नै खुसी भएको बताए । उनले आगामी जन्मदिन र जीवन का विशेष दिनहरु पनि यसैगरी मनाउने संकल्प लिए ।

यस्ता कार्यले आफु सँगसँगै समाजका समस्त युवावर्गमा एउटा प्रेरणाको लहर सिर्जना गर्ने कुरा उनले बताए । करिब ३ घण्टा वृद्धवृद्धाहरु सँगै मनका कुराहरु प्रकट गर्दे, भजनकिर्तन गर्दै, फलफुल खुवाउँदै र उहाँहरुको आशिर्वाद लिएर फेरी छिट्टै आउने बाचा लिएर उनी त्यहाँबाट विदा भए ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ११:४७ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...