back

माछा मार्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

वि.सं.२०७४ जेठ ३१ बुधवार

480 

shares

३१ जेठ,सुर्खेत  । वीरेन्द्रनगर–३ तातोपानीमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।

पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेकाछन् ।

पोखरीमा जाने फलामको भ¥याङ्गमा हिँडिरहेका बेला उक्त माछापालनमा कार्यरत भीमबहादुर शाहीलाई करेन्ट लागेको थियो । भ¥याङ्गमै करेन्ट लागेर भुईमा खसेपछि उसकै साथी पासाङ लामा उद्धारका लागि जाँदा उसलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका शाही र लामाको उपचारका क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
कालिकोट र रामेछापबाट मृतकका आफन्तहरु आउँदै गरेका कारण मृतकहरुको शव परीक्षण हुन नसकेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:१८ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...