back

काँग्रेसले प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार टुङ्गो लगायो

वि.सं.२०७४ जेठ ३१ बुधवार

486 

shares

३१ जेठ,काठमाडौँ  । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवारकोे टुङ्गो लगाएको छ ।

जिल्लास्तरमा विवाद बनेका तहमा पार्टीका आधिकारिक उम्मेदवारकोे टुङ्गो लगाउन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिनदेखि निरन्तर पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको थियो ।

बैठकले आज बढी चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी र उपप्रमुखमा सुष्मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली रेग्मीलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मोरङ र दाङका अन्य नगरपालिका र गाउँपालिकाको पनि आजै उम्मेदवारको टुङ्गो लगाएको पार्टी कार्यालयले जनाएको छ । प्रदेश नं २ का उम्मेदवारको भने भोलि बस्ने बैठकले टुङ्गो लगाउने बताइएको छ । अन्य प्रदेशका स्थानीय तहमा काँग्रेसले यस अघि नै पार्टीका आधिकारिक उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते सम्पन्न भएको थियो भने दोस्रो चरणको निर्वाचन प्रदेश नं। १, २, ५ र ७ मा आगामी असार १४ गते हुँदैछ । रासस

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:१९ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...