back

काँग्रेसले प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार टुङ्गो लगायो

वि.सं.२०७४ जेठ ३१ बुधवार

117 

shares
NTC AD
Global IME AD

३१ जेठ,काठमाडौँ  । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवारकोे टुङ्गो लगाएको छ ।

जिल्लास्तरमा विवाद बनेका तहमा पार्टीका आधिकारिक उम्मेदवारकोे टुङ्गो लगाउन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिनदेखि निरन्तर पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको थियो ।

बैठकले आज बढी चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी र उपप्रमुखमा सुष्मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली रेग्मीलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मोरङ र दाङका अन्य नगरपालिका र गाउँपालिकाको पनि आजै उम्मेदवारको टुङ्गो लगाएको पार्टी कार्यालयले जनाएको छ । प्रदेश नं २ का उम्मेदवारको भने भोलि बस्ने बैठकले टुङ्गो लगाउने बताइएको छ । अन्य प्रदेशका स्थानीय तहमा काँग्रेसले यस अघि नै पार्टीका आधिकारिक उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते सम्पन्न भएको थियो भने दोस्रो चरणको निर्वाचन प्रदेश नं। १, २, ५ र ७ मा आगामी असार १४ गते हुँदैछ । रासस

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...