Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

नयाँ शक्ति पार्टी नेपालले सबै पदमा महिला उम्मेदवार उठाउने निर्णय



३१ जेठ, कैलाली  । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल कैलालीले टीकापुर नगरपालिका–७ मा सवै पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सात नं. वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको सात नं. प्रदेशकी संयोजक लीला भण्डारीले जानकारी दिनुभयो ।

संयोजक भण्डारीले महिला नेत्री प्रमुख बन्न सक्षम भए पनि पहिलो चरणको निर्वाचनमा महिला उपप्रमुखमै सीमित बनाइएकाले पुरुषवादी सोच र चिन्तन तोड्नका लागि उक्त वडामा महिलाहरुको मात्र उम्मेदवार घोषणा गरेको बताउनुभयो ।

उक्त वडामा अध्यक्षमा कमला शाहको उम्मेदवारी घोषणा भएको छ भने सदस्यहरुमा कविता विक., बुना चौधरी, सविता चौधरी र सुस्मिता चौधरीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल कैलालीले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक