back

कल्पना फाउन्डेसनद्वारा छात्रवृत्तिलाई निरन्तरता

वि.सं.२०७४ जेठ ३१ बुधवार

789 

shares

kalpana-foundation-helpगोविन्द कुमार शर्मा
कल्पना फाउन्डेसन नेपालले विजय निमावि गैडाकोट नवलपरासीमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरूलाई यस वर्ष पनि छात्रावृत्ति प्रदान गरेको छ । २०७४ जेष्ठ २६ गते विद्यालय परिसरमै एक विशेष समारोहको आयोजना गरी फाउन्डेसनले सो छात्रावृत्ति प्रदान गरेको हो । छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ५ मा अध्ययनरत छात्रा चिनिमाया खाम्चा र कक्षा ३ मा अध्ययनरत छात्र साजन पौडेल रहेका छन् । उनीहरूलाई समारोहका प्रमुख अतिथि वरिष्ठ समाजसेवी सिद्ध कुमार श्रेष्ठले फाउन्डेसनले उपलब्ध गराएको छात्रवृत्तिको सहयोग रकम प्रदान गर्नु भएको थियो । छात्रवृत्ति प्राप्त गरेका ती विद्यार्थीहरू कक्षाको प्रथम र विद्यालयको क्रमशः सर्वप्रथम र द्वितीय भएका थिए । अत्यन्त गरिब परिवारका ती छात्रछात्रहरूलाई फाउन्डेसनले विगत तीन वर्षदेखि यसै गरी छत्रावृत्ति प्रदान गर्दै आई रहेको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजसेवी सिद्ध कुमार श्रेष्ठले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कल्पना फाउन्डेसनलाई समाजकातर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले विदेशमा पसिना बगाउन गए पनि आफ्नो देशको समाजमा रहेका गरिब तथा असहाय विद्यार्थीहरूका बारेमा चिन्ता गरेर छात्रवृत्तिको यो सिलसिला सुरु गर्नु भएकी संस्थाकी अध्यक्ष कल्पना पौडेलको यो कार्य प्रशंसनीय र अनुकरणीय रहेको बताउनु भयो । समारोहका विशिष्ट अतिथि विद्यालयका श्रोतव्यक्ति रामबाबु ढकाल रहनु भएको थियो । समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि ढकालले समेत फाउन्डेसनको कल्पना गर्ने कल्पना पौडेल साँच्चै नै धन्यवादको पात्र रहेको बताउनु भएको थियो । समारोहमा फाउन्डेसनले प्रदान गर्दै आएको छात्रवृत्तिका बारेमा विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले प्रकाश पार्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालको अध्यक्षता र शिक्षक रोशन मल्लको सञ्चालनमा अघि बढेको सो समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कल्पना फाउन्डेसनले सुरु गरेको यो गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको सिलसिला ती छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विद्यालय स्तरको अध्ययन अवधिभरि जारी रहने जानकारी विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले दिनु भयो ।

kalpana-foundation-help1“फाउण्डेसनसँग त्यही समझदारी भएको छ, ती गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरूलाई विद्यालय स्तरको अध्ययन अवधिभरि कापी, कलम, डे«स आदिमा लाग्ने सम्पूर्ण खर्च यही छात्रवृत्तिको रकमबाट प्रदान गरिने छ” उहाँले भन्नु भयो– “कल्पनाजीले सुरु गरेको यो कार्य निकै प्रशंसनीय र अनुकरणीय रहेको छ । धेरैले आफ्नै सन्तानका बारेमा मात्र सोच्दछन् । उनीहरूको खुशीका निम्ति मात्र कमाउँछन् । तर कल्पनाजीले समाजका असहाय बालबालिकाका निम्ति सोचेर यो अभियान सुरु गर्नु भयो । उहाँको यो कार्यबाट अरूले पनि पाठ सिक्नु जरुरी छ ।” प्रधानाध्यापक पराजुलीका अनुसार फाउन्डेसनले प्रदान गरेको छात्रवृत्तिको यो रकम छात्रवृत्ति प्राप्त गर्ने दुई विद्यार्थीका नाममा छुट्टा छुट्टै खाता खोली सहकारी संस्थामा राखिएको छ । विद्यालयका एक शिक्षकको संरक्षकत्वमा किसान वचत तथा ऋण सहकारी संस्थामा दुवै बालकको नाममा खाता खोली सो रकम राखिएको उहाँले बताउनु भयो ।

कल्पना फाउन्डेसन नेपालले गैडाकोट–८, विजयनगर, नवलपरासीस्थित विजय निमाविका दुई ती गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विगत तीन वर्ष अघिदेखि छात्रवृत्ति प्रदान गर्न सुरु गरेको थियो । २०७२ को असोज महिनामा संस्थाकी अध्यक्ष कल्पना पौडेलकै उपस्थितिमा विद्यालय परिसरमा आयोजित एक समारोहमा सो छात्रवृत्ति प्रदान गरिएको थियो । यसको अलावा यो फाउन्डेसनले चेपाङ संरक्षण केन्द्रका बालबालिका लगायत भूकम्प पीडित र अन्य विभिन्न गरिब बालबालिकाहरूको पठनपाठनका सामग्री खरिदका लागि र आर्थिक स्थिति कमजोर भएका गरिब बिरामीहरूको उपचारका लागि समेत विभिन्न प्रकारले सहयोग गर्दै आई रहेको छ । संस्थाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” रोजगारीका सिलसिलामा लामो समय इजरायलमा कार्यरत रही हाल स्वेदश फर्की सक्नु भएको छ । हाल काठमाडौँ सितापाइलामा रहनु भएकी पौडेल आफ्नो स्वास्थ्यसम्बन्धी समस्याका कारण यस पटक छात्रवृत्ति वितरण समारोहमा उपस्थित हुन भने सक्नु भएन ।

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:३१ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...