back

बागलुङमा मानव अधिकार उल्लङ्घन बढ्दो

वि.सं.२०७४ असार १ बिहीवार

183 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१ असार,  बागलुङ । बागलुङमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१७) ले त्यस्तो देखाएको हो । यसअनुसार सन् २०१५ को तुलनामा २०१६ मा मानव अधिकारको अवस्था झन् बिग्रिएको उल्लेख छ ।

सन् २०१५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट २५ महिलासहित २७ जना पीडित थिए भने गत वर्ष ५७ महिलासहित ५९ जना पीडित भए । बाल अधिकारसम्बन्धी ११, हत्या दुई र महिला अधिकारसम्बन्धी घटनाबाट ४६ गरी कुल ५९ जना व्यक्ति पीडित बनेका थिए ।

गत वर्ष बालअधिकार उल्लङ्घनका घटनामा ११ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो । ती घटनामा पाँच बालिका बलात्कृत भए भने चारजना यौन दुव्र्यवहारबाट पीडित भएका थिए ।

त्यसैगरी, दुई बालिका बेचबिखनका घटनामा पीडित भए । शारीरिक दण्ड सजाय, बलात्कार र यौन दुव्र्यवहारबाट पीडित हुनेमा बढी महिला छन् । महिला हिंसाका घटना गैरराज्य पक्षबाट बढी हुने गरेको प्रतिनिधि पन्तको भनाइ छ ।

“कतिपय घटना त बाहिर आउनै सकेका छैनन्, यो सङ्ख्या अझ बढी छ”, प्रतिनिधि पन्तले भन्नुभयो । मानव अधिकार उल्लङ्घन राज्य पक्षबाट हुने भएपनि अन्य घटनालाई समेत मानव अधिकारसँग जोडेर इन्सेकले प्रतिवेदन ल्याउने गरेको छ । गत वर्ष घटेका अधिकांश घटना कानुनी दायरामा आइसकेका छन् । कतिपय घटनाको मुद्दासमेत टुङ्गिएर दोषीले कारबाही र पीडितले न्याय पाएको अवस्था छ ।

चालु वर्षको पहिलो छ महिनामा पनि ४२ वटा घटना अभिलेख गरिएको इन्सेक जिल्ला प्रतिनिधि पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक अधिकारसम्बन्धी एक, बालअधिकारसम्बन्धी दुई, मानव बेचबिखनसम्बन्धी एक र महिला अधिकारसम्बन्धी ३८ घटना भएका छन् । तीमध्ये २५ वटा घरेलु हिंसाका घटनामा मिलापत्र भएको छ भने बाँकी घटना कानुनी प्रक्रियामा छन् । बढीजसो घटना महिला हिंसा र जबरजस्ती करणीसम्बन्धी छन् । यो अवधिमा दुईजना बालिका जबर्जस्ती करणीको सिकार भएका छन् ।

यस्तै, पाँचजना महिला जबर्जस्ती करणी र यौन दुव्र्यवहारमा परेको उल्लेख छ । एउटा बहुविवाहसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा घटना पनि कानुनी प्रक्रियामा छ ।

इन्सेकले वर्षभरिका मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ । सन् २०१८ मा प्रकाशन हुने पुस्तकका लागि इन्सेक बागलुङले मङ्गलबार अर्धवार्षिक समीक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । रासस

वि.सं.२०७४ असार १ बिहीवार ०३:५८ मा प्रकाशित

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा...

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको...

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन) निशुल्क...

शान्ताको अचारले ओली मख्ख

शान्ताको अचारले ओली मख्ख

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

नेदरल्याण्ड्ससँग नेपाल आठ विकेटले पराजित

नेदरल्याण्ड्ससँग नेपाल आठ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग...