back
CTIZAN AD

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

वि.सं.२०८२ फागुन ६ बुधवार

210 

shares

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उनीहरूको अनुभव छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका धेरै चलचित्र गीतसङ्गीतकै कारण सफल भएका प्रसस्तै उदाहरण छन् ।

सङ्गीतकार अर्जुन पोखरेलले चलचित्र उद्योगमा गीतसङ्गीतलाई प्रचारप्रसारको सशक्त माध्यमका रुपमा लिइए पनि यसतर्फ लगानी गर्न कन्जुस्याइँ गर्दा अपेक्षा गरिएअनुसार गुणस्तरीय चलचित्र बन्न नसकेको बताए ।

“चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतभन्दा चलचित्रका गीत भव्य र फरक हुनुपर्छ । तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन”, सङ्गीतकार पोखरेलले भने ।

उनले सङ्गीत दिएका ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’ सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । तर, पछिल्लो समय गीतसङ्गीतलाई चलचित्रकै दृश्य राखेर पनि सार्वजनिक गर्ने गरिन्छ ।

“केही समयदेखि प्रेमकथानक चलचित्र निर्माणमा कमी आएको छ, यसले गर्दा पनि प्रेमिल गीत कम निर्माण भएका छन् । तर, जे जस्तो गीत भए तापनि त्यसलाई प्रचारको रुपमा लिएर तयार गरियो भने त्यसले चलचित्रलाई फाइदा नै पुग्छ”, सङ्गीतकार पोखरेलले भने ।

निर्देशक पुर्नेन्दु झाको पनि चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बुझाइ छ । गीतसङ्गीतकै कारण आम दर्शकलाई चलचित्रको बारेमा जानकारी हुनेगरेको उनकोे भनाइ छ ।

“चलचित्रको प्रचारप्रसार गीतमार्फत सुर हुने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य श्रव्यदृश्यलगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने ।
उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेका थिए । गीतसङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफल पनि भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन ।

वि.सं.२०८२ फागुन ६ बुधवार १६:४६ मा प्रकाशित

Himalayan Life AD
मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा...

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

काठमाडौं । पेशागत महासंघ नेपालले सब–इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणमा संलग्न...

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार...

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

पोखरा । सिटिजन लाइफ इन्स्याेरेन्स ले एमडीआरटी २०२६ सम्मान तथा...