back
CTIZAN AD

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

वि.सं.२०८२ फागुन ६ बुधवार

186 

shares

काठमाडौँ । लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेङ्गले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ।

स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यका साथ यो नयाँ मेनु सुरु गरिएको हो। साके एन्ड फेङ्ग पान–एशियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो।

यसले इनडोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रूम, कराओके रूम र रूफटप स्पेसजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ। यी सबै सेवा समेटेर, निजी कार्यक्रम, सामाजिक जमघट र कर्पोरेट इभेन्टका लागि उपयुक्त वातावरण सिर्जना गरिएको छ।

नेवारी संस्कृति आफ्नो परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजा तथा विविध परिकारका लागि प्रसिद्ध छ। नेवारी खाजा नेपालको सांस्कृतिक रूपमा समृद्ध परिकारका लागि परिचित छ। यसको स्वाद, मसला, बनाउने तरिका र विविधताका कारण विशेष मानिन्छ।

परम्परागत मसला, स्थानीय सामग्री र पुस्तौँ देखि हस्तान्तरण हुँदै आएको पकाउने शैलीले हरेक परिकारलाई स्वस्थ र स्वादिलो बनाउँछ। अब रेस्टुरेन्टका सबै ग्राहकहरूले पान–एशियन फाइन डाइनिङको अनुभवसँगै मौलिक नेवारी स्वादको पनि आनन्द लिन पाउनेछन्। साके एन्ड फेङ्गले गुणस्तरीय सामग्री, परम्परागत विधि र उत्कृष्ट प्रस्तुतीकरणमार्फत नेवारी भोजनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

वि.सं.२०८२ फागुन ६ बुधवार १७:३६ मा प्रकाशित

Himalayan Life AD
मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा...

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

काठमाडौं । पेशागत महासंघ नेपालले सब–इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणमा संलग्न...

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार...

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

पोखरा । सिटिजन लाइफ इन्स्याेरेन्स ले एमडीआरटी २०२६ सम्मान तथा...