back
CTIZAN AD

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

वि.सं.२०८२ फागुन १८ सोमवार

468 

shares

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । फागु पूर्णिमाको अवसरमा सरकारले पहाडी तथा हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको छ भने तराई तथा भित्री मधेशका जिल्लामा भोलिपल्ट होली मनाइने परम्परा छ ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने होली असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको तथा दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस दिन पुराना रिसराग बिर्सेर आफन्त, साथीसङ्गी र छिमेकीसँग अबिर र रङ दलेर प्रेमभाव साटासाट गर्ने चलन छ । होलीलाई आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश दिने पर्वका रूपमा समेत मनाउने गरिन्छ ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएर सुरु हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुने परम्परा छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी जिल्लामा बिहानैदेखि युवायुवती, बालबालिका तथा सर्वसाधारणले रंग खेल्दै उत्सव मनाइरहेका छन् ।

होली पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै सभ्य र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेका छन् ।

यता, प्रहरी प्रशासनले होलीको नाममा उच्छृङ्खल गतिविधि नगर्न, जथाभावी रङ तथा अबिर नदल्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई सचेत गराएको छ । नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

 

वि.सं.२०८२ फागुन १८ सोमवार ०७:२० मा प्रकाशित

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...