back
CTIZAN AD

चुनाव लड्न अस्पताल विकास समितिबाट राजीनामा

वि.सं.२०७४ असार २ शुक्रवार

855 

shares

२ असार,काठमाडौँ  । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दिन केही महिनाअघि नियुक्त भएका अस्पताल विकास समितिका अध्यक्षले राजीनामा दिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखामा अहिलेसम्म पाँच अध्यक्षले राजीनामाका लागि पत्र बुझाएका छन् । मन्त्रालयले विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रिक्त पदमा करिब तीन महिनाअघि अध्यक्ष नियुक्त गरेको थियो । विभिन्न उपमहानगरपालिका, महानगर र गाउँपालिकामा प्रमुख र अध्यक्षमा लड्न उम्मेदवारीको टिकट पाएपछि अध्यक्षबाट राजीनामा आइरहेको महाशाखा प्रमुख भोलाराम श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता दुई दिन थप गरेकाले निवेदन अझै आउन सक्ने बताइएको छ । मन्त्रालयमा भोजपुर जिल्ला अस्पतालका गजेन्द्र कार्की, मेहलकुना अस्पताल सुर्खेतका चित्रबहादुर रेग्मी, सिन्धुली जिल्ला अस्पतालका विनोदकुमार खड्का, नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँका खेमराज सुवेदी र महाकाली अञ्चल अस्पतालका भोजराज बोहराले अध्यक्षबाट राजीनामा दिइएको पत्र बुझाउनुभएको छ । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:३७ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...