back

चुनाव लड्न अस्पताल विकास समितिबाट राजीनामा

वि.सं.२०७४ असार २ शुक्रवार

456 

shares
IME Limited
NTC AD

२ असार,काठमाडौँ  । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दिन केही महिनाअघि नियुक्त भएका अस्पताल विकास समितिका अध्यक्षले राजीनामा दिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखामा अहिलेसम्म पाँच अध्यक्षले राजीनामाका लागि पत्र बुझाएका छन् । मन्त्रालयले विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रिक्त पदमा करिब तीन महिनाअघि अध्यक्ष नियुक्त गरेको थियो । विभिन्न उपमहानगरपालिका, महानगर र गाउँपालिकामा प्रमुख र अध्यक्षमा लड्न उम्मेदवारीको टिकट पाएपछि अध्यक्षबाट राजीनामा आइरहेको महाशाखा प्रमुख भोलाराम श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता दुई दिन थप गरेकाले निवेदन अझै आउन सक्ने बताइएको छ । मन्त्रालयमा भोजपुर जिल्ला अस्पतालका गजेन्द्र कार्की, मेहलकुना अस्पताल सुर्खेतका चित्रबहादुर रेग्मी, सिन्धुली जिल्ला अस्पतालका विनोदकुमार खड्का, नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँका खेमराज सुवेदी र महाकाली अञ्चल अस्पतालका भोजराज बोहराले अध्यक्षबाट राजीनामा दिइएको पत्र बुझाउनुभएको छ । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:३७ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...