back

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण

वि.सं.२०७४ असार २ शुक्रवार

201 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ, २ असार । संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३ ) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ए डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ । यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक युएइ, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएइसँग खेल्नेछ । त्यसैगरी साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरणका सम्पूर्ण खेल युएइस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रङ्गशालामा हुनेछ । यसअघि सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् । चालिस राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप

आइडब्लुएफएन कराते डो सङ्घको आयोजनामा प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिनुभयो । च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १४ र महिलातर्फ १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष÷महिलाको र समूहगत कातामा पनि खेल हुनेछ । उक्त च्याम्पियनसिपका लागि नेपाल र अन्य राष्ट्रबाट दुई दुई सय गरी ४०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:४१ मा प्रकाशित

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको चुनौती

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको चुनौती

काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा...

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको...

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

काठमाडौँ । क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका...

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको...

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

कोहपुर (बाकें) । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना...