back
CTIZAN AD

नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार तय

वि.सं.२०७४ असार ३ शनिवार

723 

shares

३ असार, धनगढी । आसन्न स्थानीय चुनावको मिति नजिकिँदा नेपाल लोकतान्त्रिक फोरमले कैलाली जिल्लाका ११ स्थानीय तहमा उठाउने उम्मेदवारको नाम शुक्रबार सार्वजनिक गरेको छ ।

उक्त पार्टीले धनगढी उपमहानगरपालिकाको प्रमुखमा प्रेम बिसी र उपप्रमुखमा दुर्गा कुश्मीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरीः प्रमुख र उपप्रमुखमा कैलालीको टीकापुर नगरपालिकामा लौटन चौधरी र सुदेसनी चौधरी, लम्की चुहा नगरपालिकामा अरुण चौधरी र धनादेवी चौधरी, भजनी नगरपालिकामा केवल चौधरी र धनबासी चौधरी, घोडाघोडी नगरपालिकामा चन्द्रकुमार चौधरी र चैतीदेवी विक, गौरीगङ्गा नगरपालिकामा खुसीराम चौधरी र शारदा चौधरी, गोदावरी नगरपालिकामा शारदा केसी र मनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य माधव चौधरीले बताउनुभयो ।

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा कलेसु चौधरी र उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाँउ पालिका अध्यक्षमा बिरुप्रसाद चौधरी र उपाध्यक्षमा किरण चौधरी, बर्दगोरिया गाँउ पालिका अध्यक्षमा वीरबहादुर डगौरा थारू र उपाध्यक्षमा कृष्णाकुमारी चौधरी र जानकी गाँउपालिका अध्यक्षमा प्रदीपकुमार चौधरी र उपाध्यक्षमा उमा महतोलाई उठाउन लागिएको छ । पार्टीको सङ्गठन नभएको जिल्लाको पहाडी क्षेत्रको मोहन्याल र चुरे गाउँपालिकामा भने उम्मेदवार उठाउने तयारी नभएको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।

थरूहट÷थारूवान प्रदेशको मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएको तत्कालीन थरूहट तराई पार्टी नेपाल र मधेसी जनअधिकार फोरम नेपालबीच केन्द्रीय स्तरमा हालै एकीकरण भएको थियो । एकीकरणपछि नाम फेरिएको नेपाल लोकतान्त्रिक फोरम हाल सरकारमा सहभागी छ । संविधान संशोधन गर्नुपर्ने आफूहरूको मागलाई यथावत् राखी स्थानीय तहको चुनावमा सहभागी हुने नीति पार्टीको रहेको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।

वि.सं.२०७४ असार ३ शनिवार ०३:२२ मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...