Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

अबको निर्वाचनमा काँग्रेस पहिलो पार्टी !



३ असार, कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताउनुभएको छ ।

आज प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले काँग्रेसकै नेतृत्वमा संविधान निर्माण तथा शान्ति स्थापना भएकै कारण जनताले विश्वास गरेकाले अधिकांश स्थानीय निकायमा जित हातपर्ने निश्चित भएको बताउनुभयो ।

पहिलो संविधानसभाको निर्वाचनमा काँग्रेसको पराजयका कारण संविधान बन्न नसकेको स्मरण गर्दै उहाँले दोस्रो संविधानसभामा नेपाली जनताले काँग्रेसलाई जिताएपछि मात्रै संविधान बनेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी भए पाँच वर्षभित्रै कञ्चनपुरलाई समृद्ध बनाउने उहाँले बताउनुभयो । महाकाली नदीमाथिको पक्की पुल निर्माण कार्य असोजभित्रै सुरु हुने पनि उहाँले जानकारी गराउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी