Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

खोटाङमा दलहरुलाई दर्ता गर्न छुट्टछुट्टै समय



३ असार, खोटाङ  । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा दलबीच समय बाँडिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई समय विभाजन गरेको हो ।

मनोनयन दर्ताका लागि नेकपा (माओवादी केन्द्र)लाई बिहान ८ बजेदेखि ८.४५ बजेसम्म, नेकपा (एमाले) लाई ९ बजेदेखि ९.४५ बजेसम्म, नेपाली काँग्रेसलाई १० बजेदेखि १०.४५ बजेसम्म, राप्रपालाई दिउँसो ११ बजेदेखि ११.४५ बजेसम्म, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई १२ बजेदेखि १२.४५ बजेसम्म, नेकपा (माले)लाई १ बजेदेखि १.४५ बजेसम्म र खम्बूवान् राष्ट्रिय मोर्चालाई २ बजेदेखि २.४५ बजेसम्मको समय छुट्याइएको छ ।

मनोनयन दर्ताका क्रममा हुने अनियन्त्रित भीड नियन्त्रणका लागि दललाई समयको पालो बाँडिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवारलाई भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न पाउने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि सहज तरिकाले फरकफरक समयमा मनोनयन गर्ने तयारी भएको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १२ दल दर्ता भएका छन् । एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी