back
CTIZAN AD

अर्को इतिहास रच्ने तयारीमा रोनाल्डोको टिम पोर्चुगल

वि.सं.२०७४ असार ४ आइतवार

900 

shares

ronaldo

४ असार, काठमाडौँ । आज राती पौने ९ बजे रसियाको काजा एरिनामा मेक्सिकोसँग भिड्दै गर्दा पोर्चुगलको मुख्य लक्ष्य हुनेछ एक वर्ष भित्रमा दुइ वटा अन्तराष्ट्रिय उपाधि जितेर इतिहास कोर्ने जसको लागि फर्नान्डो सान्तोसको टिम पोर्चुगलले राम्रैसँग तयारी गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नानडो सिल्भा, आन्द्रे सिल्भा, एड्रिन सिल्भा जस्ता स्टारहरुले भरिएको पोर्चुगल प्रतियोगिताको मुख्य दावेदार समेत हो ।

पोर्चुगलको हालको टिममा गत वर्ष युरो कपमा विजेता टोलीका लगभग सबै खेलाडीहरु समावेश रहेका छन् । जसकारणले पनि पोर्चुगललाई प्रतियोगिताको मुख्य दावेदार मनिएको छ । पोर्चुगल रहेको समुहमा आयोजक रसिया, न्युजिल्यान्ड, तथा उत्तर अमेरिकी राष्ट्रको विजेता मेक्सिको समावेश रहेका छन् । अर्को समुहमा गत वर्षको कोपा अमेरिका विजेता चिली, विश्व विजेता जर्मनी, आसियान टोलीको विजेता अष्ट्रेलिया था अफ्रिकी नेशनको विजेता क्यामरुन रहेका छन् ।

रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र लालिगाको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका कप्तान रोनाल्डोको उत्कृष्ट फर्म, यसै गरि गत सिजन एस मोनाकोलाईृ लिग १ को उपाधि जिताउन भुमिका खेलेका बर्नान्डो सिल्भाको उत्कृष्ट फर्मलाई पोर्चुगलको उपाधि जित्ने मुख्य हतियारको रुपमा लिन सकिन्छ । अन्तराष्ट्रिय फुटबलमा छुट्टै पहिचान बनाईसकेका खेलाडीहरुले भरिपुर्ण पोर्चुगलको अनुभवी टोलीलाई यो पालिको कन्फेडेरेसन कप जित्न सक्ने बलियो टोलीको रुपम आँकलन गरिएको छ ।

वि.सं.२०७४ असार ४ आइतवार ०६:०२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...