back
CTIZAN AD

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

वि.सं.२०८३ वैशाख ३० बुधवार

291 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ ।

कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १०ः०० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् । योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनोटका लागि जेठ १७ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म परीक्षा सञ्चालन हुने पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । ढकालका अनुसार विद्यार्थीहरूलाई कक्षा १० को पाठ्यक्रम आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने पनि बताए ।

ढकालका अनुसार कामपाले शिक्षामा गरेको लगानी, निगरानी, शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ । गत शैक्षिक सत्रमा मात्रै कामपाले रु दुई अर्ब २५ करोड बराबर छात्रवृत्ति वितरण गरेको थियो ।

कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले यो सुविधा पाएकोमा गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कूल २० हजार २८२ जना विद्यार्थीले छात्रवृत्ति पाएको कामपाको रहेको भनाइ छ । गत सोमबार एसइईको परीक्षाफल प्रकाशित भएसँगै कामपाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि दश दिनको समयसीमा निर्धारण गरेर फारम भर्न माग गरेको हो ।

वि.सं.२०८३ वैशाख ३० बुधवार १६:३२ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...