back

नौवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड

वि.सं.२०७४ असार ६ मंगलवार

930 

shares

sanitary_napkin

६ असार,जुम्ला  । यहाँका माविस्तरका नौ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ ।

चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा सोमबार सेनिटरी प्याड वितरण गरिएको हो । चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता शाही र महिला अधिकारकर्मी भगवती श्रेष्ठले प्याड संयुक्तरुपमा वितरण गर्नुभयो ।

कार्यक्रममा २३५ छात्रालाई प्याड वितरण गरिएको चन्दननाथ मावि खलङ्गा जुम्लाका प्रधानाध्यापक टङ्कबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहज बनाएको छ ।

विद्यालयमा सेनेटरी प्याड प्रयोगले उल्लेख्य रुपमा छात्रा सङ्ख्या बढेको सहायक प्रधानाध्यापक बबिता शाहीले बताउनुभयो । अहिले महिनावारी हुँदा अपनाउनुपर्ने उपायका बारेमा जानकारी प्राप्त गरेपछि छात्रा खुलेर बोल्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलेजस्तो महिनावारी भएकै कारण स्कुलमा आउन नसक्ने अवस्था छैन । छात्राले घरेलु विधिद्वारा महिनावारीलाई व्यवस्थापन गर्दै आइराखेका छन् ।”

जिल्ला शिक्षा कार्यालय जुम्लाले शिक्षिका र छात्रालाई पटकपटक तालिम, गोष्ठीमा सहभागी गराएर सचेतना बढाएको उहाँको भनाइ छ । सामाजिक सङ्घ संस्थाले सेनेटरी प्याडको व्यवस्था गर्नु र पाठ्यक्रममा रजस्वला हुँदा अपनाउनुपर्ने उपायबारे सचेतना जगाउने खालको विषयवस्तु भएकाले छात्रालाई अध्ययन गर्न सक्ने वातावरण बनेको जनाइएको छ ।

महिनावारीका बेला अपनाउनुपर्ने कुराका बारेमा महिला तथा बालबालिका कार्यालय जुम्लाले विद्यालयस्तरीय कार्यक्रम गर्दै आइरहेको महिला विकास निरीक्षक बिन्दु कुँवरले जानकारी दिनुभयो । जथाभावी प्याड प्रयोगले रोग सङ्क्रमण भएर पाठेघर क्यान्सरको सम्भावना बढ्ने भएकाले त्यसको उचित प्रयोग गर्न उहाँले सुझाउनुभयो ।

चन्दननाथ नगर बाल सञ्जाल जुम्लाका अध्यक्ष ईश्वर खत्रीले विद्यालयमा महिनावारी हुँदा कुनै पनि छात्राले अनुपस्थित हुनु नपरोस् भनेर प्याड वितरण गरिएको बताउनुभयो । चन्दननाथ नगरपालिकाको रु एक लाख बजेटमा सेनिटरी प्याड वितरण गरिएको हो, अध्यक्ष खत्रीले भन्नुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी भगवती श्रेष्ठले सेनेटरी प्याड वितरण सानो देखिए पनि यसको सन्देश व्यापक हुने तर्क गर्नुभयो ।

“महिनावारी हुँदा देवता रिसाउँछन् भन्ने अन्धविश्वासी मान्यता अहिले पनि हावी छ, महिनावारी हुँदा यसबाट निकै महिला पीडित हुन्छन्” उहाँले भन्नुभयो । प्राकृतिक नियम भएकाले यसबाट सुरक्षित हुन भन्दै उहाँले महिनावारीको बेला पोषिलो खानेकुरा खान सुझाव दिनुभयो । रासस

वि.सं.२०७४ असार ६ मंगलवार ०४:०९ मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...