back

सेवा सुविधा नलिने घोषणा

वि.सं.२०७४ असार ६ मंगलवार

519 

shares

६ असार,इलाम  । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि रासससँग संक्षिप्त कुराकानी गर्दै गुरुङले राज्यबाट प्रदान गरिने सेवा सुविधा सबै जनताको हितमा खर्चिने घोषणा गर्नुभएको हो ।

“मैले जितेँ भने राज्यले पाँच वर्षमा कम्तीमा रु १५ लाख देला, त्यो रकम सबै गाउँको विकासमा लगाउँछु,” गुरुङ भन्नुहुन्छ “यहाँको जनतालाई सर्वाेपरि ठानेर काम गर्नेछु ।”

इलाम नगरपालिका–३ साविक पुवामझुवा गाविस हो । यो विकास र शिक्षाको दृष्टिकोणले पछि परेको गाउँ हो । यहाँको दलित बस्तीमा खानेपानी, विद्युत्, सडक विस्तार नहुँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको बताउँदै उम्मेदवार गुरुङले आफूले जितेमा खानेपानी, विद्युत् र सडकमा आफूले पाउने पारिश्रमिक र भत्ताको रकम खर्च गर्छु, भन्नुभयो ।

उहाँले यहाँका दलित समुदायका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने समेत बताउनुभयो । रासस

वि.सं.२०७४ असार ६ मंगलवार ०४:१९ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...