
गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जम्बर्गले युरोपस्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
एनआरएनए लक्जम्बर्गका महासचिव विमल बाबु उपाध्यायले एनआरएनए लक्जम्वर्गले युरोपस्तरीय भलिपबल प्रतियोगिता आयोजना गरेको एक विज्ञप्तिमार्फत जनाएका छन् ।
उक्त भलिवल प्रतियोगिता कार्यक्रमलाई सफल बनाउन तथा आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई अझ घनिष्ठ बनाउनका लागि युरोप क्षेत्रभित्रका आ–आफ्नो राष्ट्रभित्र समन्वय गरी हरेक देशबाट बढीमा ५ वटा सम्म भलिवल टिम आगामी जुन २५ सम्म दर्ता गरिदिनुहुन महासचिव उपाध्यायले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
संघले प्रतियोगितामा उत्साहजनक सहभागिताको अपेक्षा र विश्वास तथा स्वागत गर्न पाउने तिब्र अभिलाषा राखेको समेत जनाएको छ ।