back

उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित भइन् रीना

वि.सं.२०७४ असार ७ बुधवार

654 

shares

७ असार, बनियानी,झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ ।

बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । उम्मेदवार बन्नका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रावधान छ ।

त्यस्तै, जिल्लामा आठ नगरपालिका र सात गाउँपालिकाबाट तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएकामध्ये मङ्गलबार २३ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । भद्रपुर नगरपालिकामा चारजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकाबाट एक÷एक, गौरादहमा दुई, शिवसताक्षीमा छ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । त्यस्तै, बाह्रदशी, झापा, कमल गाउँपालिकाबाट एक÷एक र बुद्धशान्तिमा पाँचजनाले उम्मेद्वारी फिर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

बिर्तामोड तथा दमक नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकाबाट कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । निर्वाचन तालिकाअनुसार मङ्गलबार बिहान ८ देखि ११ बजे उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको थियो । त्यस्तै, मङ्गलबार नै अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।

वि.सं.२०७४ असार ७ बुधवार ०४:०६ मा प्रकाशित

Himalayan Life AD
सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

भक्तपुर । लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ । थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित...

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा

सिरहा । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १०...