back

उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित भइन् रीना

वि.सं.२०७४ असार ७ बुधवार

219 

shares
NTC AD
Global IME AD

७ असार, बनियानी,झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ ।

बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । उम्मेदवार बन्नका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रावधान छ ।

त्यस्तै, जिल्लामा आठ नगरपालिका र सात गाउँपालिकाबाट तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएकामध्ये मङ्गलबार २३ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । भद्रपुर नगरपालिकामा चारजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकाबाट एक÷एक, गौरादहमा दुई, शिवसताक्षीमा छ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । त्यस्तै, बाह्रदशी, झापा, कमल गाउँपालिकाबाट एक÷एक र बुद्धशान्तिमा पाँचजनाले उम्मेद्वारी फिर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

बिर्तामोड तथा दमक नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकाबाट कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । निर्वाचन तालिकाअनुसार मङ्गलबार बिहान ८ देखि ११ बजे उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको थियो । त्यस्तै, मङ्गलबार नै अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।

वि.सं.२०७४ असार ७ बुधवार ०४:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...