Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने



९ असार, रुकुम । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी दिनुभएको छ ।

निर्वाचन तयारीका बारेमा अनुगमन गर्न बुधबार यहाँ आइपुग्नुभएका उहाँले निर्वाचनसम्बन्धी सरोकार भएकाहरूसँगको छलफलमा मतगणना हुने ठाउँमा मतपत्र राख्ने ठाउँलाई डोरी, बाँस वा अन्य कुनै काठले बाँधेर दलका प्रतिनिधिलाई टाढा राख्ने व्यवस्था दोस्रो चरणको निर्वाचनमा गरिने बताउनुभयो ।

यसका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका साथै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको उहाँको भनाइ छ ।

राजनीतिक दलका प्रतिनिधिको सहभागितामा निर्वाचन आचारसंहिता निर्माण गरिएको भन्दै आयुक्त पौडेलले आचारसंहिता कार्यान्वयनका लागि कडाइ गरिने बताउनुभयो ।

बैतडी–निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । जिल्लाको शान्ति सुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले कसैको डर नमानी ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक