Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

वृद्ध दिवा सेवा सदन निर्माणका लागि कुवेतबाट सहयोग



chhabiram-sunarबंगडीकाली २ गाउँपालिका डेढगाउँटार नवलपरासीको बली घाटमा निर्माण हुँदै गरेको वृद्ध दिवा सेवा सदन भवन निर्माणका लागि कुवेतमा रहेका नेपालीले सोह्र हजार एघार रुपैयाँ सहयोग पठाएका छन् । नवलपरासीका डेढगाउका भाञ्जा नामले चिनिएका छबिराम सुनारको सक्रियतामा कुवेतवासी नेपालीबाट उक्त रकम संलकन गरिएको हो ।

रेडियो रामपुरका पत्रकार वीरबहादुर बिकको नाममा पठाइएको उक्त रकम एक कार्यक्रम मार्फत हस्तान्तरण गरिने बताइएको छ ।
सुनुवारले सहयोग जुटाउन सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् । आफ्नो जन्मभूमिको लागि आफूहरुको सानो सहयोग भएको भन्दै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा लागि रहने बताएका छन् ।

सुनारले यसअघि पनि आफ्नो गाउँको विकासका लागि सहयोग गर्दै आएका छन् । मरूभूमि कोसेली पत्रिकाको मार्केटिङ सम्हालेका सुनार पत्रकार महासंघ कुवेत, दलित एकता समाजमा आवद्ध छन् । बलिघाट डेढगाउँटारको एउटा धार्मिक तिर्थस्थल हो । य़ो कालीगण्डगीको नजिक अवस्थित छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक