Logo
२ माघ २०७८, आईतवार
     Sun Jan 16 2022
E-paper
  English Edition
   Unicode
Logo

रसुवा भन्सारमा पहिलोपटक एजेन्टको नियुक्ति



१० असार, रसुवा  । व्यापारिक कारोबार सञ्चालन भएको लामो समयपछि रसुवागढी नाकामा पहिलोपटक भन्सार प्रतिनिधिको व्यवस्था भएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार भन्सार विभागले धनगढीका नरेन्द्रप्रसाद जोशीलाई नियुक्ति गरी पठाएको र जोशीले आफ्नो जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

अब व्यापारी व्यवसायीले चीनबाट मगाएका मालवस्तुको परिमाण भन्सार प्रतिनिधिले घोषणा गर्ने र भन्सार हातामा सामान जाँच गरी छिटोछरितो आफ्नो गन्तव्यतर्फ पठाउन सहज हुने बताइएको छ ।

भन्सार प्रतिनिधिले व्यापारीको सामग्री सुरक्षा र जाँच परीक्षणमा सहजीकरण गरी पुलको काम गर्ने, आयात गरिएका मालवस्तु तलमाथि भएमा प्रतिनिधि जवाफदेही हुने भन्सारका कर्मचारीको भनाइ रहेको छ ।

चीनको केरुङबाट जुत्ता चप्पल, थर्मस, विद्युतीय उपकरण, तयारी कपडा, रोल कपडा, स्याउ, बच्चाका खेलौनालगायत विविध सामग्री आउने गरेको र सामान आउनासाथ सबै चिजको परीक्षण एवम् राजस्व असुल गरी राजधानी पठाउने गरेको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक