back

समाजसेवी तथा साहित्यकार भट्टको निधन

वि.सं.२०७४ असार १४ बुधवार

261 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ असार,धनगढी । यस क्षेत्रका समाजसेवी, साहित्यकार एवम् पण्डित दीनानाथ भट्टको मङ्गलबार ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँमा निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी भट्टको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उहाँका छोरा हरिप्रसाद भट्टले बताउनुभयो । सुदूरपश्चिमको सबैभन्दा पुरानो कैलाली जनपुस्तकालयका संस्थापक भट्ट केही महिनादेखि फोक्सोसम्बन्धी रोगले ग्रसित हुनुहुन्थ्यो ।

छन्द लयमा कविता लेख्ने भट्टका थुप्रै सांस्कृतिक र शैक्षिक लेख प्रकाशित छन् । उहाँका ‘भावनाका तरङ्गहरु‘ कविता सङ्ग्रह र ‘अभिनन्दन ग्रन्थ’ गरी दुई कृति प्रकाशित छन् ।

दुई दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मानित साहित्यकार भट्टले कलासाहित्य र संस्कृतिमा कलम चलाउने स्रष्टालाई सम्मान गर्न कैलाली जन पुस्तकालयमार्फत रु एक लाखको अक्षयकोषसमेत स्थापना गर्नुभएको थियो ।

उहाँका तीन छोरा, एक छोरी र दुई श्रीमती हुनुहुन्छ । स्वर्गीय भट्टको पार्थिव शरीर धनगढीमा ल्याइएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं.२०७४ असार १४ बुधवार ०३:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...