back

समाजसेवी तथा साहित्यकार भट्टको निधन

वि.सं.२०७४ असार १४ बुधवार

726 

shares

१४ असार,धनगढी । यस क्षेत्रका समाजसेवी, साहित्यकार एवम् पण्डित दीनानाथ भट्टको मङ्गलबार ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँमा निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी भट्टको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उहाँका छोरा हरिप्रसाद भट्टले बताउनुभयो । सुदूरपश्चिमको सबैभन्दा पुरानो कैलाली जनपुस्तकालयका संस्थापक भट्ट केही महिनादेखि फोक्सोसम्बन्धी रोगले ग्रसित हुनुहुन्थ्यो ।

छन्द लयमा कविता लेख्ने भट्टका थुप्रै सांस्कृतिक र शैक्षिक लेख प्रकाशित छन् । उहाँका ‘भावनाका तरङ्गहरु‘ कविता सङ्ग्रह र ‘अभिनन्दन ग्रन्थ’ गरी दुई कृति प्रकाशित छन् ।

दुई दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मानित साहित्यकार भट्टले कलासाहित्य र संस्कृतिमा कलम चलाउने स्रष्टालाई सम्मान गर्न कैलाली जन पुस्तकालयमार्फत रु एक लाखको अक्षयकोषसमेत स्थापना गर्नुभएको थियो ।

उहाँका तीन छोरा, एक छोरी र दुई श्रीमती हुनुहुन्छ । स्वर्गीय भट्टको पार्थिव शरीर धनगढीमा ल्याइएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं.२०७४ असार १४ बुधवार ०३:१६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...