back

नेता चुन्न पूर्वमन्त्रीदेखि सर्वसाधारण भोजपुरमा

वि.सं.२०७४ असार १४ बुधवार

699 

shares

१४ असार,भोजपुर । बीस वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि पूर्वमन्त्रीदेखि सर्वसाधारण आफना स्थानीय नेता चुन्न जिल्ला आएका छन् ।

दोस्रो चरणअन्तर्गत हुन लागेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाबाहिर रहेका पूर्वमन्त्रीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनप्रतिनिधि चुन्न गृह जिल्ला भोजपुर आइपुगेका हुन् ।

आज ७ बजेदेखि सुरु भएको मतदानमा पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिङ्खा केन्द्रबाट, पूर्वपर्यटन तथा उड्डयनमन्त्री कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट मतदान गर्नुहुने भएको छ ।

यस्तै, नेकपा ९माओवादी केन्द्र०का पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट, नेकपा ९एमाले०की सभासद् जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट, सङ्घीय समाजवादीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले ट्याम्के मैयुङ गाउँपालिका–३ अन्नपूर्ण मतदान केन्द्रबाट र केन्द्रीय सचिव अजम्बर काङमाङ राईले नागी मतदान केन्द्रबाट मतदान गर्नुहुने भएको छ ।

नौ स्थानीय तह रहेको भोजपुरमा कुल एकलाख पाँचहजार ५५३ जनाले मतदान गर्ने भएका छन् ।
–––––––

वि.सं.२०७४ असार १४ बुधवार ०३:२८ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...