१४ असार, रोल्पा । मतदाताले मतदानको क्रममा मतपेटिकामा एसिड खन्याएपछि रोकिएको रोल्पा नगरपालिका वडा नं १० स्थित जनता प्रावि भनभने मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ । सर्वदलीय बैठक पश्चात राजनीतिक दल तथा उम्म्दवारले जलेका ४ मत बाहेक खसेको बाकी मतलाई यथावत मान्ने निर्णय गरेपछि रोकिएको मतदान पुन: सुचारु भएको हो । मतपेटिकामा कस्ले एसिड खन्याएको भन्ने बारे खुल्न सकेको छैन ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७४ असार १४ बुधवार १०:०० मा प्रकाशित






























