१४ असार, एजेन्सी । रस्सियामा जारी एफसी कन्फेडेरसन कपको सेमिफाईनलमा चिली र पोर्चुगल आपसमा भिड्दै छन् । आज राति पौने १२ बजे हुने खेलमा गत वर्षको कोपा अमेरिका विजेता ल्याटिन अमेरिकी टोली चिली र युरोपियन च्याम्पियन्स टोली पोर्चुगल रुस स्थित काजान फुटबल मैदानमा भिड्न लागेका हुन् ।
पोर्चुगलका डिफेन्डर पेपे यो खेलमा प्रतिबन्धित रहेकाले यो खेल खेल्ने छैनन् । यस्तै राइट ब्याक राफेल गुएरो चोटका कारण खेल्ने छैनन् । पोर्चुगिज टोलीका स्टार फरवार्ड रोनाल्डो उत्कृष्ट फर्ममा रहेका छन् । उनी समुह चरणका दुई गोल तथा एक एसिस्ट गरेका छन् । यस्तै कोपा अमेरिका विजेता चिलीका फरवार्ड एलेक्सिस सान्चेज उत्कृष्ट फर्ममा रहेका छन् । उनले समुह चरणका ३ खेलमा एक गोल तथा एक एसिस्ट गरेका छन् ।
यस्तो छ इतिहास
पोर्चुगल र चिली अहिले सम्म मात्र दुई वटा खेल खेलेका छन् । जसमा एक खेलमा पोर्चुगल विजयी भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।
कतिपय सर्मथकहरुले यो खेललाई रियल म्याड्रिडका स्टार फरवार्ड रोनाल्डो र आर्सनलका एलेक्सिस सान्चेज बीचको प्रतिष्ठाको लडाँईको रुपमा समेत लिएको पाईन्छ ।
वि.सं.२०७४ असार १४ बुधवार ११:१९ मा प्रकाशित


























