१४ असार, काठमाडौँ । अछाममा मतदान गर्न लाईनमा बसेका दुई महिलाले छोरा जन्माएका छन् । अछाम जिल्लाको रामारोशन गाउँपालिका स्थित वडा नं ४ को बाटुलासैना मा रहेको नन्दकाली आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका मीना बोहरा र शुभा दासले दुवैले छोरा जन्माएका हुन् ।
बुधबार बिहान ९ः३० बजेतिर दुवै जना मतदान गर्न लाईनमा बस्ने क्रममा सुत्केरी व्यथा लागेपछि सोही स्कुलमा उनीहरुलाई सुत्केरी गराइएको थियो । सुत्केरी भएको केहि समयपछि मतदान गरेर उनीहरु घर फर्किएका हुन् ।
वि.सं.२०७४ असार १४ बुधवार १२:०७ मा प्रकाशित



























