back

दाङको गढवा ८ र राप्ती ९ मा माओवादी विजयी

वि.सं.२०७४ असार १५ बिहीवार

630 

shares

उदय जीएम, १४ असार, दाङ । गढवा गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दीकीले १०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक र सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । उक्त वडा साविक कोइलाबास गाविसमा पर्दछ । त्यहाँको कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो ।

राप्ती गाउँपालिका वडा नं. ९ अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै प्यानल विजयी भएको छ । महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका हुन् । यस वडामा कुल मतदाता ५८३ रहेकोमा ४५७ मत खसेको थियो ।

वि.सं.२०७४ असार १५ बिहीवार ०४:२३ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...