Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेस र एमालेले बाजुरामा खाता खोले



१५ असार,भीमदत्तनगर  । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् ।

बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल विकले २८३ मत प्राप्त गर्नुभएको छ । ८५७ मतदाता रहेको वडा नं १ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको नेपाली काँग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिनुभयो ।

बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकाका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित हुनुभयो । उहाँले २३६ मत प्राप्त गर्नुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर