back

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमाले विजयी

वि.सं.२०७४ असार १६ शुक्रवार

696 

shares

ताप्लेजुङ, १६ असार । मैवाखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ ।

अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुजाता लिम्बुले एक हजार ८४ मत प्राप्त गर्नुभयो ।

उक्त गाउँपालिकाको ६ वटै वडामा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बु, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बु, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बु र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी हुनुभएको छ ।

वि.सं.२०७४ असार १६ शुक्रवार ०९:२७ मा प्रकाशित

Himalayan Life AD
आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...