१७ असार, धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर शुक्रबार बेपत्ता भएका छन् ।
दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । धनकुटाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकीअन्तर्गतका मतदानस्थलको सुरक्षाका लागि खटिएका थिए ।
बेपत्ता भएका लिम्बूको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।
वि.सं.२०७४ असार १७ शनिवार ०२:३४ मा प्रकाशित




























