back

टीकापुर नगरपालिका–३ र ६ मा फोरम लोकतान्त्रिक विजयी

वि.सं.२०७४ असार १७ शनिवार

792 

shares

१७ असार, धनगढी । कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडाको एक सदस्य नेकपा (माओवादी केन्द्र) र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ ।

यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ ।

टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ । एमालेका प्रत्यासीले उहाँहरूलाई पछ्याइरहनुभएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षसहित पूरै समूह माओवादी केन्द्र विजयी भएको घोषणा यसअघिनै गरिसकिएको छ । वडा अध्यक्षमा विजयी प्रनाकुमार चौधरीले ६८९ मत र उहाँको निकटतम काँग्रेसका रामदुलारे चौधरीले ४६५ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०२:३६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...