back

विद्युत् वितरण प्रणाली सुधारका लागि एडिबीको १५ अर्ब ऋण सहयोग

वि.सं.२०७४ असार १७ शनिवार

132 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१७ असार, काठमाडौँ । एसियाली विकास बैंक(एडिबी)ले काठमाडौँ उपत्यकाको विद्युतीय क्षमता विस्तार एवम् सुधारका लागि रु १५ अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकको सञ्चालक समितिले बिहीबार सो ऋण सहयोग उपलब्ध गराउनेसम्बन्धी निर्णय गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रभावकारी एवम् दिगो ऊर्जा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्यअनुसार विद्युत् वितरण प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा बैंकले सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ उपत्यकाको विशेष गरी नेपाल विद्युत् प्राधिकरणको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युतीय संरचना भूमिगत गर्ने कार्यका लागि सो रकम खर्च हुनेछ ।

प्राधिकरणले नमुना परियोजनाका रुपमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको सम्पूर्ण प्रणाली भूमिगत गर्ने कार्य अगाडि बढाएको छ । सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ पहिलो चरणमा ती दुई स्थानबाट विद्युत्का तार भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

दिगो विकास लक्ष्यको महत्वपूर्ण कार्यसूचीका रुपमा रहेको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्यका साथ बैंकले महत्वपूर्ण सहयोग उपलब्ध गराएको बैंकका ऊर्जा जानकार जीवन आचार्यले बताउनुभयो ।

आगामी केही वर्षभित्र महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने भएकाले पनि प्रसारण लाइनको विकास र विस्तार महत्वपूर्ण हुने देखिएको छ ।

विद्यमान प्रसारण प्रणालीको सुधार गर्दै काठमाडौँ उपत्यकामा थप विद्युत् आयातका लागि मार्ग प्रसस्त गर्न, प्रसारण लाइनको क्षमता विस्तार एवम् विकास गर्दै वितरण प्रणाली गर्नु जरुरी भइसकेको छ ।

सो परियोजनाले वितरण प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान गर्दै प्राविधिक एवम् व्यावसायिक चुहावटलाई नियन्त्रण गर्नसमेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रसारण प्रणालीको क्षमता विस्तार एवम् वितरण प्रणालीको सुधारले प्राधिकरणको वितरण केन्द्रको कार्य सञ्चालन एवम् व्यावसायिक दक्षताको अभिवृद्धिका लागि समेत सहयोग पुग्नेछ ।

यस्तै प्राधिकरणले सञ्चालनमा ल्याउन लागेको स्मार्ट ग्रीड तथा अत्याधुनिक वितरण प्रणालीले व्यावसायिक दक्षताको समेत विकास गर्ने विश्वास लिइएको छ ।

यस्तै गरिबी निवारणका लागि जापानी कोषमार्फत पनि रु २० करोड बराबरको प्राविधिक सहयोगसमेत उपलब्ध भएको बैंकले जनाएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०२:४३ मा प्रकाशित

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट फागुन २५ हुने, नौ लाख भन्दा बढीको हात रित्तो

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट फागुन २५ हुने, नौ लाख भन्दा बढीको हात रित्तो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते शुक्रबारको दिन...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

  काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ...

तीन पटकको सर्किट ब्रेकपछि सोमबारको लागि सेयर कारोबार बन्द

तीन पटकको सर्किट ब्रेकपछि सोमबारको लागि सेयर कारोबार बन्द

काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक...

सत्ता गठबन्धन समिकरण बनेपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

सत्ता गठबन्धन समिकरण बनेपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौँ । सत्ता गठबन्धनमा नयाँ समिकरण बनेपछि सेयर बजारमा सकारात्मक...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...