back

हङकङमा आधा दर्जन सांगितिक साँझ सम्पन्न (तस्बिरसहित)

वि.सं.२०७४ असार १९ सोमवार

84 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

3 २ जुलाइ,हङकङ । किरात याक्थुङ चुम्लुङ हङकङले सम्पन्न गरेको “याक्थुङ स्वर्णिम साँझ ४” का कलाकारहरुले आधा दर्जन साँगितिक साँफ सम्पन्न गरि आज नेपाल फर्किएका छन । २५ जुन, आइतबार याउमातेइ कम्यूनिटी हलमा सम्पन्न “चौथो स्वर्णिम साँझ”मा कलाकारहरु ब्रबिन शेर्मा, जसोदा शुब्बा (श्रेङ), यादन शेर्मा, जय प्रकाश (जे पी) नेम्बाङ, मदन चोङबाङ, रोसनी लिम्बु र २०१४ को मिस वल्र्ड नेपाल सुविन लिम्बु नेपाल बाट आएका थिए ।

1
लिम्बू कला सस्कृती तथा गीत संगितमा संघर्ष गरिरहेका प्रतिभाहरुलाई प्लेटफर्म सहित थप उर्जा मिलोस भन्ने उदेश्यले हङकङमा याक्थुङ स्वर्णिम साँझ गर्दै आएको किरात याक्थङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवाले बताए ।
उक्त स्वर्णिम साँझमा हङकङका लिम्बु कलाकारहरुको सस्थाहरु ‘याक्थुङ स्वर समूह, याक्थुङ आर्टिस्ट सोसाइटी, साम्याङ्फुङ समूह र केः लाङ समुह’का कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए ।
“चौथो स्वर्णिम साँझ” सम्पन्न पछि नेपालबाट आएका कलकारहरुको एकल साँझ र विदाइ कार्यक्रम भब्यता साथ विभिन्न स्थान र मितिमा भएको थियो ।

“ब्रबिम शेर्मा एकल साँझ”
पापोहाङ लाओती सयङ हङकङको आयोजनामा “ब्रबिम शेर्मा एकल साँझ” याक एण्ड येतीको हलमा सम्पन्न भएको थियो । बुधवार २७ जुनमा सम्पन्न साँझमा उनले आफ्नो सर्वाधिक चर्चामा रहेका “नुरिकाङ वये मिम्जीमे” “नानाना हङकङ नाना” “पालाम पाते” “आल्ल इङगा साम्लोआ खेप्सेम्ना” लगायत डेढ दर्जन जति गीत गाएर दर्शकहरुलाई नचाएका थिए ।

cultural-programme-in-hk-2
पाँचथरको कुम्मायक गाउपालिका २ साविक माङ्जाबुङ पुर्ख्यौली घर भई हाल राजधानी वस्दै आएको ब्रबिम शेर्माले करिब डेढ दशक देखि लिम्बू गित संगितमा संघर्ष गर्दै आइरहेका छन । किरात धार्मिक आस्था राख्ने शेर्माको लिम्बु मुन्धुमी गीत संगित क्षेत्रमा ठुलै छलाङ मार्दै आइरहेको छ । हाल आएर उनको नेपाली लोकआधुनिक गितले पनि तेत्तिकै छलाङ मार्दै अगाडी बढ्दै छ ।
मुन्धुमी गायक भनेर चिनिने शेर्माले पहिलो पटक हङकङ आएर “चौथो स्वर्णिम साँझ”मा २ वटा मात्र गीत गाउन पाए पनि विभिन्न साँगितिक कार्यक्रमहरुबाट सर्वाधिक चर्चा बटुलेर नेपाल फर्किए ।

गीत–भजन साँझ –
कलाकार ब्रबिम शेर्मा, यादन शेर्मा र जे पी नेम्बाङको विशेष प्रस्तुति रहने गरि “गीत–भजन साँझ”को आयोजना नेम्बाङ समाज, फाक्तेप समाज र किरात धर्म तथा साहित्य उत्थान संघ हङकङकले चुम्लुङ हिममा गरेको थियो ।

66

विहिवार २८ जुन साँझ सम्पन्न उक्त साँझमा मनमोहक भजन र दर्शकलाइ उचाल्ने, नचाउने विभिन्न गीतहरु गाएर भरपुर मनोरञ्जन दिलाएका थिए । उनिहरु संगै आएका जसोदा सुब्बा, मदन चोङबाङले पनि आ–आफ्नो प्रस्तुतीले दर्शकलाई नचाउन भ्याएका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ हङकङकले कलाकारहरुलाई एतिहासिक भ्रमण गराएका थिए भने आफ्नै माङहिममा सम्मान तथा विदाइ कार्यक्रमको आयोजना गरेको थियो ।

77

जसोदा सुब्बा श्रेङ चोङबाङ –
ताप्लेजुङ समाज हङकङको आयोजनामा “जसोदा सुब्बा सांगितिक साँझ” ३० जुन, सुक्रबार सम्पन्न भएको थियो । सांगितिक साँझमा उनको सर्वाधिक चर्चामा रहेका “बबाल होला जस्तो छ” “धरान सुनसरी” लगायत दर्जन जति गीत गाएर दर्शक श्रोताहरुलाई नचाएका थिए ।
ताप्लेजुङ सान्थाक्रा हाल मिरिङदेन गाउपालिका २ पुर्ख्यौली घर भइ धरान बाट सांगीतिक करियर सुरु गरेकी जसोदा श्रेङ चोङबाङ भर्षटाईल गायिका हुन । लिम्बु भाषाका गीत तथा लोकआधुनिक, पप, र फिल्मी गीत समेत प्रसस्त गाएर चर्चाका शिखर चुम्दै गरेकी गायिका जसोदाले हङकङमा चौथो स्वर्णिम साँझमा सामुहिक र एकल २ वटा गाउने अवसर पाएकी थिइन ।

6

यादन शेर्मा र जे पी नेम्बाङ 
चौथो स्वर्णिम साँझ सम्पन्न गर्नको लागि आएका ख्याति प्राप्त कलाकार यादन शेर्मा र जे पि जयप्रकाश नेम्बाङ पहिलो पटक हङकङ आएका हुन । उनिहरुले स्वर्णिम साँझमा २–२ वटा गीत गाउने अवसर पाएका थिए । त्यसपछि “ब्रबिम शेर्मा एकल साँझ”, गीत–भजन साँझ, “जसोदा सुब्बा सांगितिक साँझ”मा उनिहरुले बेजोड प्रस्तुति दिएका थिए ।
कुम्मायक गाउपालिका २ साविक माङ्जाबुङ पान्थर स्थायी निवासी यादन करिब डेढ दशक देखि लिम्बू गित संगितमा अहोरात्र लागि परेका कलाकार हुन । संगित बिषयमा नै अध्यायन गरिरहेका उनका चर्चित माङ्सेवा साम्लो किरात समुदायले सर्वाधिक मन पराउछन । उनले लिम्बू गित संगितको अलावा नेपाली लोकाधुनिक गित र गजल पनि उत्तिकै गाएका छन । हाल उनले सामुहिक रुपमा सिमिक्लुङ दर्पण नामक युट्युब च्यानल पनि चलाउदै आको छ ।

2
त्यस्तै, झापा निवासी जे पि नेम्बाङ एक दशक देखि लिम्बू गित सांगितमा अहोरात्र लागि परेका छन् । उनको लिम्बू भाषाका गीति एल्बम तथा भिडियोहरु प्रसस्तै पाईन्छ । उनी फिल्म लगायत स्टेजका कुसल गायक पनि हुन् ।
नेम्बाङ सयङ हङकङले गायक जे पि नेम्बाङलाई युनलङमा छुट्टै कार्यक्रमको आयोजना गरी भेटघाट तथा सम्मान गरेका थिए ।

मदन चोङ्बाङ र रोशनी लिम्बू 
पुराना पुस्ताका चर्चित गायक मदन चोङ्बाङ तेह्रथुम जिल्ला निवासी हुन । उनी गायक मात्र नभई युवा अभियन्ता, राजनिती, साहित्य र गायन लाई एकसाथ अगाडि बढाई रहेका चोङ्बाङका चर्चित गितहरु धेरै छन । हङकङमा उनले चौथो स्वर्णिम साँझमा सामुहिक १ र आफ्नो एकल १ गीत मात्र गाउने अबसर पाए । उनको एकल साँझ समेत सम्पन्न भएको थियो ।

5
तेह्रथुम पुर्ख्यौली घर, धरान हुँदै हाल काठमाण्डौमा अध्यानरत १० बर्षीय रोशनी लिम्बू सिङगक २०१४ को स्कुल डान्स च्याम्पियन हुन । रोशनीले अध्ययन संग संगै उनी चर्चित नृत्य निर्देशक संग नृत्य प्रशिक्षण लिदै बिध्यालय स्तरिय नृत्य कार्यक्रमहरुमा सहभागी हुँदै आइरहेकी बहु प्रतिभाको धनी छिन । चौथो स्वर्णिम साँझमा आकर्षक नृत्य गरि नेपाल फकिएका थिए ।

सुबिन लिम्बु
चौथो स्वर्णिम साँझमा अर्का आर्कशक मानिएकी मिस वर्ल्ड नेपाल–२०१४ सुबिन लिम्बुको खास भुमिका थिएन । स्वर्णिम साँझमा मात्र देखिएकी सुबिन लिम्बुको अन्य कुनै पनि कार्यक्रममा उपस्थित नभए पनि अन्य कलकारहरुकै सम्मानमा उनको नाममा “ब्रबिम शेर्मा एकल साँझ”, गीत–भजन साँझ, “जसोदा सुब्बा सांगितिक साँझमा सम्मान–पत्र लगायत विभिन्न सम्मानहरुले सम्मानित गरेको थियो ।

वि.सं.२०७४ असार १९ सोमवार ०३:४९ मा प्रकाशित

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

अमेरिका । म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशन सम्पन्न भएको छ...

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

काठमाडौं । ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय...

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौ अधिवेशन...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण...

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया...

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

बेलायत । स्कटल्याण्डमा आगलागीमा परेर दुई नेपाली चेलीको निधन भएको...