back

एनआरएनए नर्वेको अध्यक्षमा सन्जिव थापा

वि.सं.२०७४ असार १९ सोमवार

453 

shares
IME Limited
NTC AD

sanjib-thapaनर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको अध्यक्षमा सन्जिव थापा निर्वाचित भएका छन् ।
जुन १० का दिन सम्पन्न भएको संघको पाँचौ अधिबेशनमा नयाँ नेतृत्वका लागि भएको र्निवाचनमा अध्यक्षका प्रत्यासी नयन मल्ललाई पछि पार्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ९० मत र मल्लले ७५ मत प्राप्त गरेका थिए ।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा सालिग्राम अर्याल, द्धितिय उपाध्यक्षमा सुरेन्द्र केसी (स्यात्रै) महासचिबमा राजु अर्याल, सचिवमा दीपक महत, कोषाध्यक्षमा बिना नेवार श्रेष्ठ, महिला संयोजक डा. सबिता महर्जन, युवा संयोजकमा नीलकण्ठ अर्याल, र्निविरोध भएका छन् । साथै कार्यसमितिको सदस्यहरुमा प्रदिप अधिकारी, बिकाश दवाडी, अनुप गुप्ता, पबित्र बस्नेत, विष्णुमाया अधिकारी चयन भएका छन् । अधिवेसनले एनआरएन आइसीसी सदस्यमा द्धारिका महर्जन र्निविरोध निर्वाचित गरेको छ ।

संघको पाचौ अधिवेसनको उद्धघाटन गर्दै प्रमुख अतिथि गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले सम्मृद्ध नेपालको लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहेको वताउँदै नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकताको ग्यारेन्टी गरेको हुनाले नेपालमा लगानीको वातावरण भन्दै गएको जानकारी गराए ।

आर्चायले खुल्ला सत्र र बन्द सत्र २ चरणमा सम्पन्न भएको सो अधिबेशनको प्रसंसा गर्दै उनले संघको जुलाई अन्तिम साता फ्राङफोर्डमा हुने क्षेत्रिय सम्मेलनमा सहभागी भई सफल पार्न सबैमा आग्रह समेत गरेका थिए ।

वि.सं.२०७४ असार १९ सोमवार ०४:३० मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...