back

सम्मरीमाईमा लोकतान्त्रिक फोरममा जीतेन्द्रनाथ शुक्ला विजयी

वि.सं.२०७४ असार २० मंगलवार

597 

shares

२० असार, लुम्बिनी । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेको छ ।

रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये लोकतान्त्रिकको यो पहिलो जित हो । सम्मरीमाईमा लोकतान्त्रिक फोरमका जीतेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याउनुभयो । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका अजय शुक्लाले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।

उपाध्यक्ष भने काँग्रेसले जितेको छ । काँग्रेसकी कुमारी प्रियंका शाही सिंहले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी कमलावती अहिरले दुई हजार १५० मत ल्याउनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार २० मंगलवार ०३:१९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...