back

सांसद लम्सालद्वारा पहिरो पीडितलाई दश हजार

वि.सं.२०७४ असार २० मंगलवार

708 

shares

bikash lamsal

२० असार, फलेवास (पर्वत) । पर्वत क्षेत्र २ बाट निर्वाचित व्यवस्थापिका– संसद्का सदस्य विकास लम्सालले बाढी पहिरोबाट पीडित परिवारलाई राहत दिने घोषणा गर्नुभएकोे छ ।

तीन दिन पहिले पर्वतका विभिन्न स्थानमा गएको पहिरोमा परेका र बाढीले बगाएका मृतकका परिवारलाई तत्काल राहत दिने घोषणा गर्नुभएको हो । लम्सालले सोमबार विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई जनही रु १० हजारका दरमा राहत दिने घोषणा गर्नुभएको छ ।

उहाँले बाढी र पहिरोबाट पुगेको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न आह्वान पनि गर्नुभएको छ । शनिबार राति परेको भिषण वर्षाका कारण पर्वतको महाशिला गाउँपालिका होश्राङ्दीमा पहिरोले घर बगाएपछि एकै परिवारका तीनजनाको मृत्यु भएको थियो भने खोलाले बगाएर कुश्मा नगरपालिका ९ मा १ र पैञ्यु गाउँपालिका–२ मा आठ वर्षीय एक बालकको मृत्यु भएको थियो ।

उद्धारमा जुट्न एमालेको निर्देशन

यसैबीच, नेकपा (एमाले) पर्वतले जिल्लाका कुनै पनि भागमा प्राकृतिक विपत्तिका घटना आइपरे जस्तोसुकै अवस्थामा पनि उद्धारमा जुट्न मातहतका कार्यकर्तालाई निर्देशन दिएको छ ।

आइतबार प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै एक विज्ञप्तिमार्फत एमालेले उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको हो । एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्राकृतिक विपत्तिमा परेका परिवारलाई तत्काल राहत प्रदान गर्न सरकारसँग माग गरिएको बताउँदै प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त सडक तथा अन्य संरचना पुनःनिर्माणमा तत्काल लाग्न सरकारसमक्ष आग्रह गरिएको बताउनुभयो ।

जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका स्तरका पार्टी कमिटी र वडास्तरका कमिटीमा प्राकृतिक प्रकोपका घटनामा आइपर्ने समस्यामा जस्तोसुकै चुनौती मोलेर भएपनि उद्धारमा लाग्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

प्रकोपमा उद्धारका लागि पार्टी मातहतमा रहेका युवा सङ्गठनलाई समेत ‘इमिडिएट् रेस्पोन्स टिम’ खडा गरिएको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ असार २० मंगलवार ०५:३७ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...